श्रेयज सुवेदी

श्रेयज सुवेदीका लेखहरु :

एसिडको सिड

लास भएर जल्नु र सास भएर जल्नुको बीचमा एउटा ठूलो पीडाको पहाड हुन्छ । चियाले ओठ पोल्दा चम्चाले भात खानुपर्ने हामीले जसको आकारलाई अनुमान पनि गर्न सक्दैनौँ । जिउँदै जलेकाहरू जल्दै जिउँदै छन् । एउटा यस्तो जीवन, जहाँ आफैँलाइ प्रेम गर्न पनि ‘नाइँ’ भन्नुपर्छ ।

ब्लग : भोको–रोना

सरकार क्यालकुलेटर बनेको छ । संक्रमण र मृत्युको संख्या जोड र डिस्चार्जको संख्या घटाउमा ब्याट्री खर्चिरहेको छ । यही हिसाब–किताबबाट संसदमा प्रस्तुत हुनेछ, कार्यकाल सफल भएको प्रमाणहरु । आर्थिक वर्षको प्रगति विवरणमा यही संख्यालाई टेकेर सरकार अग्लो बन्न खोज्नेछ । 

बोलात्कार

गल्लीबाट निस्किएकी केटी अर्को गल्लीमा ओझेल नभएसम्म आँखा उसको शरीरभरि कुद्छ । हेराइलाई उसको अप्ठेरो मनाइसँग सरोकार हुँदैन । अनुहार हेरिँदैन ।

टुक्काको नाति ट्रोल

समय परिवर्तनशील छ । अधिकांश कुरा पहिलाजस्तो छैनन् । ल्यापटपको जमानामा टाइपराइटर सजाउने वस्तु मात्र बन्छ । पुरानो अस्तित्वको नयाँ ठेगाना भनेको म्युजियम हो । र, संसारमा सबैभन्दा बढी म्युजियम भएको देश नेपाल हो ।