२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

सन्तोष खडेरी

सन्तोष खडेरीका लेखहरु :

२००७ को त्यो ‘वीरगन्ज–लुट’

वीरगन्जमा एकबेला नेपाली क्रान्तिकारीले ३८ लाख भारु र २३ हजारभन्दा बढी नेरु कब्जा गरेका थिए । वीरगन्जको त्यो ‘लुट’ कथा कस्तो थियो ? इतिहास–चर्चाबाट त्यो घटना हराएको छ । वीरगन्जमै क्रान्तिकारीले विन्दबासिनी माईको गहना र भाँडाबर्तन गरी २९० थान सामग्री लुटेका थिए ।

पूर्णनारायणको फाँसी माफी : जुद्धशमशेरको योजना कि संयोग ?

विसं १९९३, जेठमा नेपालमा पहिलो पटक प्रजापरिषद् गठन भएको थियो । र, उसले १९९७ असार ९ मा पहिलो पर्चा छरेको थियो– राणा र व्यवस्थाविरुद्ध छरिएको पहिलो लिखित पर्चा थियो त्यो । जम्माजम्मी ४ पर्चा छरिएकोमा दोस्रो असार ३०, तेस्रो श्रावण १७ र चौथो भाद्र २४ मा छरिएको थियो ।

पृथ्वीनारायणको देहान्त : प्रतापसिंहको त्यो चिठी

अढाई सय वर्षअघि राजा पृथ्वीनारायण शाह सिकार खेल्न नुवाकोट जाँदा उनको निधन भएको पुष्टि गर्ने त्यति बेलाको एउटा दुर्लभ प्रमाण भेटिएको छ । छोरा सिंहप्रताप शाह (प्रतापसिंह शाहलाई सिंहप्रताप पनि भनिन्छ) राजा भएपछि उनले रामचन्द्र पण्डितलाई एक पत्र लेखेका थिए, जहाँ पिता पृथ्वीनारायणको निधनबारे वर्णन छ । 

जुद्धशमशेरको जुहारकुमारीदेवी धारा

कीर्तिपुरको बाघभैरव मन्दिर परिसरमा एउटा पुरानो राणाकालीन धारा छ । धारामा लेखिएको छ– ‘जुहारकुमारीदेवी धारा ।’ त्यो नामले भन्छ– यो जुद्धशमशेरकालीन धारा हो । किनभने प्रधानमन्त्री जुद्धशमशेरकी आमाको नाम हो– जुहारकुमारीदेवी ।

खजाञ्चीको त्यो हस्ताक्षर

नेपालमा कागजी नोटको इतिहास उति लामो छैन । ७७ वर्षअघि विसं २००२ (सन् १९४५) मा मात्रै यहाँ कागजी नोट प्रचलनमा आएको हो । त्यसअघि नेपालमा सिक्का प्रचलनमा थियो । सन् १९४० को दशकको सुरुवातसम्म छापिने ती सिक्कामा १ पैसा, २ पैसा, ५ पैसा र १० पैसासम्म हुन्थे तामाका । त्यस्तै २० पैसा, आधा मोहर र एक मोहरभन्दा माथि चाँदीको सिक्का छापिन्थ्यो । ती सिक्का मिसावटबिनाका शतप्रतिशत शुद्ध तामा र चाँदीका हुन्थे । तराईमा भारततर्फ कारोबार गर्न ब्रिटिस भारतको नोट प्रचलनमा थियो । तर, हिमाली र पहाडी भेग भने कागजको नोटबाट अपरिचित नै थियो ।

जब जयपृथ्वीबहादुर बेपत्ता भए

सन् १९२७ को डिसेम्बर अन्त्यतिर प्रधानमन्त्री चन्द्रशमशेर बिरामी परेर औषधोपचारका लागि कलकत्ता पुगेका थिए । त्यतिबेलै त्यहाँका गभर्नर जनरल पनि मलेरियाको बिरामी भएकाले चन्द्रशमशेरको त्यो भारत यात्रा असाध्यै सामान्य थियो । उनको स्वागत त्यहाँका परराष्ट्रसचिव डेनिस ब्रेले गरेका थिए (द एसोसिएटेड प्रेस, २८ डिसेम्बर १९२७) । त्यो भारत यात्रालाई चन्द्रशमशेरले व्यक्तिगत भ्रमणका रूपमा गोप्य राख्न चाहेको भए पनि अन्य घटनाक्रमले त्यसको झनै चर्चा भयो । पहिलो, बिरामी गभर्नर जनरल र बिरामी चन्द्रशमशेरबीच भेट नहुनु ।