जीवनमा निश्चित उमेर पार गरिसकेपछि शरीर शिथिल हुँदै जान्छ, अनुहारमा चाउरी देखा पर्न थाल्छ । हिँडडुलमा समस्या, दृष्टिमा कमजोरी, श्रवण शक्तिमा समस्या, रोगको चाप र पाचन शक्तिमा कमजोरीजस्ता विभिन्न स्वास्थ्य जटिलता आइपर्छन् । यी सबै समस्याले बुढेसकाललाई अप्रत्यक्ष रूपमा एक किसिमको शारीरिक अशक्तताकै अवस्थामा पुराइदिएका हुन्छन् ।
काठमाडौंको गुर्जुधाराका विनोद श्रेष्ठ राष्ट्रिय प्रकृति संरक्षण कोषमा कार्यरत थिए । करिब दुई वर्षअगाडि चितवन राष्ट्रिय निकुञ्जमा गैंडा गन्ने क्रममा उनी धुर्बे हात्तीको आक्रमणमा परे, मेरुदण्डमा पक्षाघात भयो ।
परापूर्वकालमा मानिसहरू ढुंगा गनेर अथवा भित्ता कोरेर आफ्ना गाईबस्तु तथा अन्नबालीको तथ्यांक राख्ने गर्थे । अहिले पनि गाउँघरमा सयलाई पाँच बीस भन्नेहरू छँदै छन् । यसले प्रत्येक युगमा तथ्यांकको आवश्यकता र प्रयोगलाई औंल्याउँछ ।
अहिले हिमालमा हिउँ परेको छैन । हेलम्बुमा स्याउ फल्न छाडेको छ । बाल्यकालमा पौडी खेल्ने खोलाहरूमा आज धूलो उडिरहेको छ । कतै खहरेखोलाको बाढीले रातारात बस्तीलाई बगर बनाएको छ । तराईका फाँटमा आजभोलि चना दाल विरलै उम्रेको देख्न पाइन्छ । फागुन–चैतमा कुलेखानीको डाँडालाई राताम्मे बनाउने लालीगुँरास अहिले पुस–माघमै फुल्न थालेको छ ।
ज्ञान प्रविधिको विकासले विश्व एउटा सानो गाउँजस्तै बन्न पुगेको छ । नवप्रवर्तन प्रविधिले विशेष गरी अपांगता भएका व्यक्तिहरूको जीवनको स्तरोन्नतिमा झनै ठूलो प्रभाव पारेको छ । गुगल मिट, जुम जस्ता सफ्टवेयरले ह्वीलचेयर प्रयोगकर्ताहरूको दैनिकीलाई निकै सघाएका छन् ।