२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

राजीव न्यौपाने

राजीव न्यौपाने अर्थराजनीतिक विश्लेषक हुन् ।

राजीव न्यौपानेका लेखहरु :

नेपाली महिलामा जातीय दासत्वको खिल

नेपालमा जातीय दासत्व अन्त्य भएको एक शताब्दी भए पनि त्यसका अवशेष अझै बाँकी छन् । विशेषगरी यसले कथित तल्लो जात भनिएका समुदायका महिलामाथिको श्रम शोषणलाई सघाउन भूमिका खेलेको छ । महिलामाथि हुने श्रम शोषण रोक्न श्रम आप्रवासन र मानव बेचबिखनविरुद्ध काम गर्ने विभिन्न सरकारी र गैरसरकारी संस्था अहोरात्र खटेका छन् ।

आधुनिक दासत्वको नयाँ भाषा

आधुनिक दासत्व’ वर्तमान समयमा निकै चर्चाको विषय बनेको छ । सन् २०१५ मा बेलायतको कन्जर्भेटिभ पार्टीको सरकारले आधुनिक दासत्व ऐन लागू गरेपछि अस्ट्रेलियाले पनि सन् २०१८ मा यस्तै ऐन ल्यायो । आधुनिक दासत्व शब्दको वास्तविक कानुनी महत्त्व यी दुई देशमा मात्रै भए तापनि यो शब्द विश्वमा सनसनीपूर्ण फैलिँदै गएको छ ।