१२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

राजेन्द्र मल्ल

राजेन्द्र मल्लका लेखहरु :

अर्थतन्त्र जोगाउन अझै ढिलो नगरौं

मुलुकको अर्थतन्त्र शिथिल बन्दै गएको छ, जसलाई घट्दो क्रममा रहेको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ले दर्साएको छ । गत आर्थिक वर्षमा १ दशमलव ६ प्रतिशतको आर्थिक वृद्धि हुनुले पनि मुलुकमा शिथिलताको स्पष्ट संकेत गरेको छ । एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४ दशमलव ३ प्रतिशतमा खुम्चिने प्रक्षेपण गरिसकेको छ ।

सरकारी नीति साना, ठूला सबै उद्योगीलाई उपयुक्त होस्

भन्सारमा आधारित राजस्वमा सरकार केन्द्रित हुँदा आयात प्रतिस्थापन हुन सकेको छैन । अर्थतन्त्रलाई आत्मनिर्भर कसरी बनाउने भनिरहँदा सरकारले उठाउने राजस्व भने भन्सारमा केन्द्रित छ । भन्सारबाट उठ्ने राजश्वले हाम्रो चालु खर्च धानिरहेको छ । जसले धेरै भन्सार तिर्छ, उसलाई पुरस्कृत गर्ने प्रचलन हुँदा वर्षौंदेखि मुद्रा बाहिरिएको छ ।