‘स्टप ।’ ‘स्टप ।’म पछाडि फर्किएँ । वातावरण स्पष्ट देखिने बेला भइसकेको थिएन । सखारको चार नबज्दैको बेला थियो । म अडिएको चाल पाएर फेरि त्यही स्वरले भन्यो, ‘कम हेर ।’
आख्यानको समानान्तर, नाटकको समानान्तर, निबन्धको समानान्तर, संस्मृतिको समानान्तर म कविता पनि लेखिरहन्छु । कविता मेरो सर्जनमनको उग्र बाध्यता हो । बाध्यताको यो लतबाट छुटाउने अहिलेसम्म मेरा लागि कुनै रिह्याव अर्थात् उपचार केन्द्र बनेको छैन ।
हामी एकसाथ सत्र जना मरेका थियौं । सत्रै जना आइसियुमा थियौं । सबैको नाक, मुख, घाँटीमा भेन्टिलेटरबाट निस्किएको स्वास नली र पाइपहरू जोडिएको थियो । दस दिन हामी आइसियुमा संघर्षरत रहृयौं । र, हिजो एघारौं दिनमा हाम्रो संघर्ष सफल भयो । अन्ततः डाक्टरहरूले आफ्नो विफलता घोषणा गरे । हाम्रो सकस समाप्त भयो । हामीले मृत्युको गति प्राप्त गर्यौं ।