प्रज्ञा पनेरु

मानचित्रमा छुटेको मेरो देश

अचेल मेरो देशको मानचित्रको खोजी भइरहेको छ । लिपुलेक, लिम्पियाधुरा सहितको चुच्चे मानचित्र मैले कतै देखें कि देखिनँ, हेक्का छैन, तर यति याद छ, मैले एसएलसी दिँदादेखि अहिलेसम्म सामाजिक शिक्षाको वार्षिक परीक्षामा प्राय: नेपालको नक्सा बनाउने प्रश्न आउँछ ।

विपत्‌मा आफ्नै भर

आफ्नो मात्र हात धोएर सुरक्षित भइँदैन । जीवाणु नसर्न आफ्नो सम्पर्कमा आउने र आउन सक्ने सम्भावित सबैको हात सफा हुनुपर्छ । त्यसै गरी, कतिपय मानिस यो जीवाणुलाई लिएर जातिवादतिर लम्केका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई ‘चाइनिज भाइरस’ भने ।

आफ्नो निर्णय आफैँ गर्न पाउनुपर्छ

मेरी आमा सानामा पढाइमा निकै तेज हुनुहुन्थ्यो रे । उहाँलाई विद्यालय जान निकै मन पर्थ्यो रे । गाउँमा कक्षा ८ सम्म मात्र पढाइ हुन्थ्यो रे । यसभन्दा माथि पढ्न निकै टाढा जानुपर्थ्यो । मेरी हजुरआमा आमा सानै छँदा बित्नुभएकाले हजुरबुबालाई छोरी टाढा पढाउन असजिलो लाग्यो । बाटोघाटोमा केही होला भन्ने डरले छोरीलाई घरमै राख्नुभयो रे ।

समस्या छाउ मानसिकता

सुदूरपश्चिमका अछाम, बाजुरा लगायतका जिल्लामा हाम्रा दिदीबहिनीहरूले महिनावारीका बेला अव्यवस्थित छाउगोठमा बस्न बाध्य हुनुपर्दा ज्यान गुमाउनु परिरहेका खबर वर्षैपिच्छे पढ्न–सुन्न पाइन्छ । यस वर्ष पनि छाउगोठ भत्काउने प्रहरीलाई किलाले हानेको अनि अछाममा एक महिलाको ज्यान गएको समाचारले स्तब्ध बनायो ।

प्रज्ञा पनेरुका लेखहरु :

२०२० मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।