३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

प्रदीप घिमिरे

घिमिरे कान्तिपुरमा उप-सम्पादकको रुपमा कार्यरत छन् ।

प्रदीप घिमिरेका लेखहरु :

जोगाऔँ अँध्यारो

हामीले ‘अँध्यारोबाट उज्यालोतिर’ को यात्रामाथि अनेक गीत, कथा, कविता पढेका छौं, उपदेश सुनेका छौं । तर, पछिल्लो समय अत्यधिक प्रयोग हुन थालेको कृत्रिम उज्यालोले हाम्रो वरिपरिको परिस्थिति यस्तो बनेको छ कि अब हामीले भन्नैपर्ने भएको छ– ‘अँध्यारोलाई जोगाऔँ’ !

भग्नावशेषमा जीवनको आस

अघिल्लो दिन परिवारसँगै सकुशल सुतेका थिए, यी दिदीभाइ । भोलिपल्ट बिहानैको शक्तिशाली भूकम्पले उनीहरूको घर पनि तहसनहस बनाइदियो । उत्तरी सिरियामा कंक्रिटमा चेपिएर बसेका यिनै दिदीभाइको तस्बिर/भिडियो अहिले भाइरल बनिरहेको छ । उद्धारका लागि आग्रह गरिरहेको दृश्यले धेरैको आँखा रसाएका छन् ।

कुण्डली हेर्दै युवा

भक्तपुरका सुशील भण्डारीले दैनिकजसो विदेशयात्रा, अध्ययन, प्रेम र विवाहलगायतका कैयौं विषयमा दर्जनौं प्रश्नहरूको सामना गर्छन् । यसरी प्रश्न सोध्नेहरूलाई उनले उत्तरमार्फत सन्तुष्ट गर्न लागेको पनि करिब एक दशक भइसकेको छ । कारण, लामो समयदेखि फलादेशको काम गर्दै आएका उनी यसैमा रमाउँछन् । अनि मानिसहरूलाई भविष्य देखाउँदैमा सन्तुष्ट पनि छन् । 

किन लगाउने जनै ?

श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने उपाकर्म अर्थात् जनैपूर्णिमाको छुट्टै महत्व छ । विशेषत: हिन्दू धर्मावलम्बीहरूले मनाउने यो पर्वको सुरुवात वैदिककालदेखि नै भएको शास्त्रहरूमा उल्लेख छ ।

११४ वर्षअघिको त्यो ‘पेरिसदेवी नगरी’

राणा प्रधानमन्त्री जंगबहादुर बेलायत यात्रामा गएको ५७ वर्षपछि राणा प्रधानमन्त्री चन्द्रशमशेर विसं १९६५ वैशाख २८ गते उही रुट पछ्याउँदै बेलायत पुगे । जंगबहादुरकै शैलीमा उनी बेलायतबाट फ्रान्सको पेरिस हुँदै नेपाल फर्के । जंगबहादुरको त्यो यात्राबारे कमलमणि दीक्षितको सम्पादनमा विसं २०१४ मा पहिलोपटक ‘जंगबहादुरको बेलाईत यात्रा’ पुस्तक प्रकाशित भएपछि यसबारे अनेक कोणबाट चर्चा र छलफल भयो । तर, १ सय १४ वर्षअघि चन्द्रशमशेरले गरेको युरोप यात्राबारे भने उति चर्चा र विर्मश भएको देखिन्न ।

क्यानडाको राजधानीमा संकटकाल घोषणा

कोभिड-१९ भ्याक्सिन विरोधीहरूको प्रदर्शन नियन्त्रण बाहिर जान थालेपछि क्यानडाको राजधानी ओटावामा संकटकाल घोषणा गरिएको छ । कोभिड-१९ का लागि तोकिएको मापदण्ड उल्लंघन गर्दै प्रदर्शन हुन थालेपछि ओटावाका मेयर जिम वाट्सनले संकटकालको घोषणा गरेका हुन् ।

बेइजिङ ओलम्पिकमा भारतको कुटनीतिक बहिष्कार

भारतले आजबाट चीनको राजधानी बेइजिङमा सुरु भएको विन्टर ओलम्पिकमा कुटनीतिक बहिष्कार गर्ने भएको छ । चीन-भारत सीमामा भएको झडपमा घाइते भएका चिनियाँ सैनिकलाई ओलम्पिकको टर्च बोक्ने व्यक्ति बनाएपछि यसपटकको ओलम्पिकमा भारतले कुटनीतिक बहिष्कार गर्ने जनाएको हो ।

विधानसभा चुनावअघि बीजेपीलाई धक्का : ७ जना विधायकले छाडे पार्टी

भारत उत्तर प्रदेशका विधायक मुकेश वर्माले बिहीबार भारतीय जनता पार्टी (भाजपा) परित्याग गरेका छन् । पार्टीमा देखिएका समस्यालाई दृष्टीगत गरी आफूले पार्टी परित्याग गरेको वर्माको भनाइलाई उद्धृत गर्दै बीबीसी हिन्दीले उल्लेख गरेको छ ।