नित्यानन्द मण्डल

नित्यानन्द मण्डलका लेखहरु :

मधेसमा बिना खर्च हुँदैन चुनावी चर्चा 

मंसिर ४ नजिकिँदैछ । मधेसका गाउँ/देहातमा किसानलाई धान भित्राउने चटारो छ । नेतालाई भने भोट माग्ने हतारो छ । उम्मेदवारका अगाडि बग्रेल्ती चुनौती छन् । नेता–कार्यकर्तालाई धपेडी छ । भोट कसलाई हाल्ने भन्ने मतदातालाई सकस छ । देहाती गाउँ समाज आफ्नै सुर/ लयमा बगेको छ । भनिन्छ, चुनावको चर्चा हुने बित्तिकै मधेसका गाउँ सुत्दैनन् । तर, यसपल्ट भने देहातमा चुनावी सरगर्मी सोचेजति छैन । 

‘हँस्सी-हँस्सी बोलथिन हे छठि मईया !’ 

सन्ध्याकालमा अस्ताचलगामी सूर्यलाई अर्घ्य दिएर हार्दिकतापूर्वक बिदाइ तथा प्रातःकालीन उदयाचलगामी सूर्यलाई अर्घ्य चढाएर स्वागत गर्न आतुर छन्, छठका व्रतालुहरू । जनकपुरका पवित्र सरोवरहरू गंगा सागर, धनुष सागर, अरगज्जा, दशरथ तलाउ तथा दूधमति, जलाद नदीहरूमा छठ पूजाको तयारी गरिँदै छ । सुख, समृद्धि, सद्भाव, आरोग्य लगायतका जीवनोपयोगी कामनासँगै मिथिलाका गाउँसहर मात्र होइन, राजधानी काठमाडौं लगायतसमेत छठको उल्लासमा रंगिएका छन् ।

बारह बजे लेट नइँ, दु बजे भेट नइँ !

घटना १ : घूस लिएको आरोपमा २०७९ जेठमा सात दिनको अन्तरमा तीन प्रधानाध्यापक पक्राउ परे- जेठ १२ मा रौतहटको विश्वेश्वरप्रसाद कोइराला आदर्श मावि जोकाहाका राकेश श्रेष्ठ, जेठ १८ मा वीरगन्जको नेपाल विद्यापीठ उच्चमाध्यमिक विद्यालय श्रीपुरका बलराम श्रेष्ठ र जेठ १९ मा श्रीमावि एकडाराका रामदिनेश मण्डल । 

मिथिला परिक्रमाको अर्थ-राजनीति

टाउकामा खानपिन सामग्री, एक हातमा ओढ्ने ओछ्याउने र लत्ताकपडाको पोका र अर्को हातमा पाल बनाउन काम लाग्ने बाासका भाटा अनि मुखमा ‘माथा पर मोटरी जय सियाराम’को भजन गाउादै नेपाल र भारतका हजारौं तिर्थालु मिथिलाको प्राचीन १५ दिने माध्यमिकी परिक्रमामा सहभागी हुन्छन् ।

जसपा विभाजन र प्रदेश २ को उकुसमुकुस

देउवा सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेशको आवरणमा दुई दल विभाजित भएका छन् । सत्तारूढ नेपाली कांग्रेसको सत्तायात्रा निर्विघ्न तुल्याउन ती दलहरूको विभाजन आवश्यक थियो । अझ अहिलेको सत्तासमीकरणको रूपरेखा तय गर्ने सिलसिलामा चर्किएको अन्तर्पार्टी द्वन्द्व निरूपणका लागि पनि दलहरू चोइटिनैपर्ने अवस्था रह्यो ।

पोखरीको नियमन र बालबालिकाको सुरक्षा

तराईमधेसका बासिन्दाको जीवनशैली अभिव्यक्त हुने परम्परागत संरचना हो, पोखरी । उत्सव, अनुष्ठानदेखि जीवकोपार्जनको दृष्टिले पुस्ता–दर–पुस्ता हस्तान्तरित हुँदै आएको छ यो पूर्वाधार । तर, यो सांस्कृतिक धरोहर जोखिमको पर्याय बनिरहेको छ ।