हिमाल बग्छ उँधो–उँधो हिमनदी बनेर पहाड बग्छ उसै उँधो छङ्छङ् छहरा भएर मान्छे पनि बग्दो रहेछसुस्तरी–सुस्तरी नदी भएरमान्छे नदी गाउँ तन्कँदै सहरतिर बग्छ अनि सहर पनि बग्छ एक समय वल्लो किनार, पल्लो किनार मिलन हुने अभिलाषाका साथ आधा उतै, यतायतै भंगालोमा बाँडिएर निरन्तर
छोरीलाई सामुदायिक र छोरालाई बोर्डिङ स्कुल पठाउने, उमेर नै नपुगी बिहे गरिदिने र जतिवटी छोरी भए पनि एउटा छोरा चाहिन्छ भन्ने सामाजिक मान्यता परिवर्तनको चरणमा रहेको लामो समय बितिसकेको छ । छोरीलाई छोरासरह समान अधिकार दिलाउन भई आएको संघर्ष अहिले मुलुक संघीय गणतान्त्रिक घोषणासम्म आइपुग्दा मात्रैको होइन, योगमायालाई जोडेर अर्थ्याउँदा सवा शताब्दी पुगेको छ ।