१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

नवीनसिंह खड्का

नवीनसिंह खड्का बीबीसी विश्वसेवाका वातावरण संवाददाता हुन् ।

नवीनसिंह खड्काका लेखहरु :

पर्यावरण कसको मुद्दा ?

नाकै थुन्नुपर्ने गरी धूवाँको कालो मुस्लो उडाउने अनि कानै टट्टाउने गरी आवाज निकाल्ने विक्रम टेम्पो सम्झनुहुन्छ ? नब्बेको दशकमा काठमाडौं र ललितपुरका सडकमा दौडिने ती तीनपांग्रेले धेरैलाई उपत्यकामा पारवहन सजिलो बनाइदिएका थिए । मिनी र साझा बसमा कोचाकोच यात्रा गर्न बाध्य सर्वसाधारणका लागि नीलो रङका विक्रम टेम्पो सस्तो र सुलभ विकल्प थिए ।

अन्तर्राष्ट्रिय बहसमा नेपाल कहाँ छ ?

गत नोभेम्बरमा बेलायतको ग्लास्गोमा राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी एउटा महत्त्वपूर्ण बैठकमा सहभागी हुनुअघि जी ट्वान्टी समूहका देशहरूले एउटा अर्को बैठक रोममा गरेका थिए । विश्वका प्रमुख कार्बन उत्सर्जक देशसमेत रहेको उक्त समूहको बैठकको अन्त्यमा सार्वजनिक गरिएको घोषणापत्रमा ऊर्जा सुरक्षाको विषयलाई उल्लेख्य ठाउँ दिइएको थियो ।