रोमानीयामा रोजगार गर्दै आएका तामाङ दुई महिनाको घर बिदा सकेर पुनः उतै फर्किने लागेका छन् । युद्धको प्रभावले गर्दा विमान रद्द भएपछि उनी चार दिनदेखि विमानस्थल धाइरहेका छन् ।
चीनको सिचुआन विश्वविद्यालयका प्राध्यापक हुआङ झेङ डुओ भन्छन्- बीआरआईका परियोजनाहरू जुन रुपमा अगाडि बढ्नुपर्ने हो, त्यो रुपमा बढ्न नसक्नुको पछाडि यस क्षेत्रमा बढ्दै गएको भू–राजनीतिक अवस्था पनि एउटा कारण हुन सक्छ ।
राजकुमारीले सेवामा कहिल्यै हिसाबकिताब राख्दिनन् । उनलाई लाग्छ, स्वास्थ्यकर्मी भनेको व्यवसायभन्दा बढी समाजसेवी हो । अहिले पालिकामा व्यवस्थित भवनसहितको बर्थिङ सेन्टर खोलेपछि उनी खुसी छिन् ।