मधेस ब्युरो

मधेस ब्युरोका लेखहरु :

संवेदनशील मतदानस्थलमा विशेष निगरानी

मधेस प्रदेशका अति संवेदनशील र संवेदनशील मतदान केन्द्रमा सुरक्षाकर्मीको विशेष निगरानी बढाइएको छ । भारतीय सीमासँग जोडिएका केही मतदानस्थल अति संवेदनशील रहेको भन्दै त्यहाँ विशेष तालिमप्राप्त सुरक्षाकर्मीलाई खटाइएको हो । 

अन्तिममा जसको टिकट खोसियो

धनुषाको मिथिला नगरपालिकाका निवर्तमान प्रमुख हरिनारायण महतो एमालेबाट यसपालि पनि चुनाव लड्ने सुरमा थिए । यसअघिका निर्वाचित प्रमुख भएकाले टिकटका लागि धेरै बढी मेहनत गर्नु नपर्ने उनको बुझाइ थियो । नभन्दै, उनले फेरि मिथिलाको नगर प्रमुखका लागि एमालेबाट टिकट पाए । तर, मनोनयनको अघिल्लो राति भने टिकट खोसियो । बागी उठेका उनले एमाले अध्यक्ष केपी ओलीसँगको भेटपछि शुक्रबार उम्मेदवारी फिर्ता लिए । महतोको टिकट खोसेर एमालेले व्यवसायी राजाराम महतोलाई दिएको छ । 

गठबन्धनमा आ-आफ्नै ताल

सत्तारूढ दलले स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर अगाडि बढ्ने गृहकार्य गरिरहेकै बेला मधेस प्रदेशमा भने ती दलभित्रै आ–आफ्नै तरिकाले चुनावी मैदानमा होम्मिने सहमति गर्न थालेका छन् । पर्सामा सत्तारूढ दलको बैठकले स्थानीय निर्वाचनमा आफ्नै तरिकाले छुट्टाछुट्टै निर्वाचनमा प्रतिस्पर्धा गर्ने सहमति गरेको छ । धनुषामा भने कांग्रेसले जनकपुरधाम उपमहानगरपालिकामा आफ्ना उम्मेदवार घोषणा गरिसकेको छ । 

नेतृत्व लिन युवा अग्रसर

आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवारीका लागि युवाले दाबी गर्न थालेका छन् । समयानुकूल विकास र भ्रष्टाचार न्यूनीकरण गर्नका लागि आफूहरूलाई उम्मेदवार बनाउन युवाले दलका स्थानीय नेतृत्वलाई दबाब बढाएका छन् ।

मधेसमा स्वागत द्वार बनाउने होड

पहाडमा भ्यु टावर जस्तै मधेस प्रदेशका स्थानीय तह र संसदीय क्षेत्रपिच्छे स्वागत द्वार बनाउने होडबाजी चलेको छ । वर्षामा हिलाम्मे र हिउँदमा धूलो उडाउने बाटोलाई त्यत्तिकै छाडेर यहाँका जनप्रतिनिधि राज्यको करोडौं बजेट खर्चेर स्वागत द्वार बनाउने विकासको कुरूप मोडलमा रमाइरहेका छन् ।