प्यारी छोरी सिल्भिया । २३ वर्षअघि तिमी नजन्मिदै तिम्रो पापाले यो नाम राखीदिनु भएको थियो । तिम्रो पापा वरिष्ठ पन्छीविद डा. हेमसागर बराल प्रकृतीप्रेमी भएकाले छोरीको नाम पनि चराकै नामबाट सिल्भिया भनेर छान्नुभयो । तिम्रो जन्ममा हामी हर्षित थियौं । तिम्रो जन्मपछि सबथोक राम्रो हुँदै गएको थियो ।