कोभिड–१९ ले करिब साठी लाख जति संक्रमित भइसकेका छन् भने तीन लाख ६९ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । महामारीको प्रकोप केही ढिला देखिएको भारतमा मात्र एक लाख ८० हजारभन्दा बढी संक्रमितहरुको संख्या पुगेको छ र करिब ५ हजार जनाले कोरोना भाइरसकै कारण ज्यान गुमाएका छन् । यो लेख तयार पार्दासम्म नेपालमा एक हजार ४ सयभन्दा बढी संक्रमित भइसकेका छन् र ७ जनाको ज्यान गइसकेको छ ।