गोविन्द छन्त्याल

गोविन्द छन्त्यालका लेखहरु :

आदिवासीप्रति राष्ट्र संघको उपेक्षा

राष्ट्र संघले आदिवासीलाई झमेला ठानेको छ’, सन् २००४ को विश्व आदिवासी दिवसमा डा. हर्क गुरुङले भनेका थिए । १९९४ देखि विश्व आदिवासी दिवस मनाउन थालियो ।

‘कोशी’ विरुद्ध ‘शिर उभ्याउनी’ प्रतिरोध

राज्य संरचनालाई प्रशासनिक र राजनीतिक तवरमा व्यवस्थित गर्ने नाममा नेपाली राज्यले आदिवासी जनजातिहरूको सामूहिकता र सामुदायिक शक्ति छिन्नभिन्न पार्दै ल्यायो । यो संसारभरिकै आधुनिक राज्य निर्माण प्रक्रिया र विस्तारको चरित्रभन्दा फरक थिएन ।

समावेशिताको अनर्थ

केही समयभित्रै तामाङको छोरा पनि मन्त्री बनाउँछु मैले र तामाङको छोरी पनि मन्त्री बनाउँछु’ त्यसकारण तपाईंहरू तनावमा घर नजानुस्, आनन्दसँग यो ल्होसारको उपलक्ष्यमा उत्साह गर्नुस्, रमाइलो गर्नुस्, मनाउनुस्, मन्त्री नभएको तनाव यहीँ हटाइदिनुस् दिमागबाट’, सोनाम ल्होसारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खुलेआम यस्तो घोषणा गरे । 

आदिवासी जनजाति आन्दोलनको वैचारिक पक्ष

नेपालको आदिवासी जनजाति आन्दोलन प्रतिरोधी चेतसहितको अभियान हो । विभेद, उत्पीडन, अपमान, शोषण र असमानताविरुद्ध सामूहिक हस्तक्षेपकारी अभियान हो । हरेक आन्दोलनका विविध आयाम हुन्छन् । आन्दोलनहरू अनेकौं आरोह–अवरोहबाट अगाडि बढ्छन् । जनजाति आन्दोलन पनि यी सबै प्रक्रियाबाट गुज्रिएको छ ।