गीता रसाइली

गीता रसाइलीका लेखहरु :

बेपत्ताको मृत्युदर्ता किन ?

उनी सरासर वडासचिवको कार्यालयमा छिरिन् । आफ्नै वडा कार्यालयभित्र त्यसरी छिर्न अचेल सजिलै भएको छ । एक छिनको कुराकानीपछि उनी भक्कानो छोडेर रुन पो थालिन् । आज पनि उनले मृत्युदर्ता गराउने आँट जुटाउन सकिनन् ।

लज्जित छु, तिम्रो प्रेमको रक्षा गर्न सकिनँ !

प्रिय नवराज, तिम्रो नाममा के लेखूँ ? निःशब्द छु, लज्जित छु । मंगलबार बिहानीको सिरेटोले आँखा खोलिदिएपछि मैले तिम्रोबारे लेखिएको समाचार पढें । जाजरकोटको भेरी–४, रानागाउँका २० वर्षीय तिमीले पश्चिम रुकुमको चौरजहारी–८, सेतीकी १७ वर्षीया मल्ल थरकी एक युवतीसित तीन वर्षदेखि प्रेम गरेका रहेछौ ।

कहाँ छन् हाम्रा आफन्त ?

नगमालाई सानै हुँदा हजुरआमाले हात समात्दै धेरैतिर लगेको याद छ । उनकी बहिनी स्वस्तिमा चाहिँ हजुरआमाको काँधमा हुन्थिन् । त्यस्ता प्रायः ठाउँमा नगमा उहाँकै उमेर समूहका महिला बढी देख्थिन् । बिस्तारै नगमा ती परिचित भीडहरूमा हजुरआमाको हात फुत्काएर खेल्न र रमाउन छोडी माइकमा आफन्त हराएकाहरूको बोली सुनेर टोलाउन थाल्ने भइन् । 

मेरी दिदी मेरो प्रेरणा

प्यारी रिना दिदी,तिमीमाथिको अत्याचारको घाउमा खाटा बस्न पाएको छैन, तर तिनलाई कोट्याउनेहरूको घुइँचोसंँग जुध्दाजुध्दै डेढ दशक बितिसकेको छ । त्यो दिन तिम्रो सामुहिक बलात्कार भयो । त्यतिले नपुगेर छातीमा गोली हानियो । तिम्रो अस्तित्व समाप्त हुन त एकरातै काफी भयो, हजारौं दिनरात बित्दा पनि दोषीहरूमाथि कारबाही हुनसकेको छैन ।