२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

डा. उत्कर्ष कार्की

डा. कार्की कान्ती बाल अस्पतालमा बाल मनोचिकित्सकका रुपमा कार्यरत छन्

डा. उत्कर्ष कार्कीका लेखहरु :

के बालबालिका र किशोरकिशोरीमा पनि 'डिप्रेसिभ डिसअर्डर' हुन्छ?

बालबालिकामा यौवन अवस्थाभन्दा अगाडि धेरै कममा मात्रै उदासीनता वा भनौं 'डिप्रेसिभ डिसअर्डर' हुने गरेको विभिन्न अध्ययनहरूबाट देखिन्छ भने किशोरकिशोरीमा भने १०० जनामा ५ देखि ८ जनासम्मलाई यो समस्या देखिन सक्छ । डिप्रेसन भनेको सामान्य अवस्था मात्रै होइन । यदि उदासीनता निश्चित समयभन्दा बढीसम्म रहन्छ र बालबालिका तथा किशोरकिशोरीको कार्यशैली वा दिनचर्यामा बाधा उत्पन्न गराउँदछ भने त्यसलाई डिप्रेसिभ डिसअर्डर भनिन्छ । यही विषयलाई यो लेखमा ५ वटा प्रश्नबाट सरल रुपमा बुझाउने प्रयास गरिएको छ ।