डा. तुलीका दुबे

डा. दुबे ईएनटी अंको-सर्जन हुन् ।

डा. तुलीका दुबेका लेखहरु :

थाइरोइड क्यान्सरको निको हुने दर राम्रो, ३० प्रतिशतमा फर्किने जोखिम

हाम्रो घाँटीमा रहेको सानो पुतली आकारको ग्रन्थीलाई थाइरोइड भनिन्छ । थाइरोइड ग्रन्थीले हर्मोन उत्पादन गर्छ‚ जसले हाम्रो शरीरको क्रियाहरूलाई नियमन गर्न मद्दत गर्दछ । थाइरोइड हर्मोनले शरीरको तापक्रम, रक्तचाप र मुटुको गतिलाई पनि नियन्त्रण गर्न मद्दत गर्छ । यसैमा हुने क्यान्सरलाई नै थाइरोइड क्यान्सर भनिन्छ । यो एक प्रकारको इन्डोक्राइन क्यान्सर जसको उपचारपछि निको हुने दर उच्च छ ।

नाक, कान र घाँटीको सुरक्षा

चिसो मौसम नाक, कान, घाँटी (ईएनटी) समस्या हुनेहरूका लागि चुनौतीपूर्ण समय हो । धेरैजसो अवस्थामा पर्याप्त भेन्टिलेसन नभएको ठाउँमा बसोबास गर्नेहरूलाई ईएनटीको समस्याले सताउने गरेको देखिन्छ । किनभने जाडोयाममा चिसोबाट बच्न सबै झ्याल–ढोका र भेन्टिलेसन बन्द गरेर बस्दा परिवारमै भाइरसको संक्रमण फैलिन मद्दत पुग्छ ।

घाँटीमा केही अड्किएको जस्तो किन हुन्छ ?

हामी ईएनटी सर्जनहरूकहाँ सबैभन्दा धेरै घाँटीसम्बन्धी समस्या लिएर आउने भनेको घाँटीमा गाँठो वा केही अड्किएको महसुस हुनु हो । यसले बिरामीको जीवनको गुणस्तरलाई असर गर्ने गरेको हुनसक्छ । जसले गर्दा उनीहरु धेरै विचलित पनि हुनसक्छन् ।