डा. दिनेश न्यौपाने

जनस्वास्थ्यविद, इपिडिमियोलोजी विभाग, जोन हप्किन्स विश्वविद्यालय, अमेरिका

डा. दिनेश न्यौपानेका लेखहरु :

नेपालमा कोरोनाभाइरसको प्रभावका प्रक्षेपण र बहस

कोरोना भाइरसले नेपालमा कस्तो असर पार्छ होला भनेर धेरै प्रक्षेपणहरु भएका छन् । ती प्रक्षेपणहरुको चुरो कुरा नबुझी सतही टिप्पणीले मात्र जनमानसमा अन्योलको अवस्था सिर्जना भएको छ । यी संख्याहरुमा टिप्पणी गर्नु अगाडि तिनीहरुको बारेमा विस्तृत अध्ययन गरिनु जरुरी छ ।

संक्रमण घटेको भन्दैमा हेलचेक्‍य्राइँ गर्नु हुँदैन

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार अहिलेसम्म विश्वमा करिब १ करोड ५० लाखभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण भइसकेको छ भने ६ लाख २० हजार भन्दा बढीले यही संक्रमणका कारण ज्यान गुमाइसकेका छन् । अहिलेसम्म न यो संक्रामक रोगविरुद्ध खोप पत्ता लगाउन सकिएको छ, न त प्रभावकारी उपचार नै पत्ता लागिसकेको छ ।

के साँच्चै नेपालमा कोरोनाले कम मानिसहरुको मृत्यु भएको हो?

नेपालमा अन्य देशमा भन्दा कोरोनाको मृत्युदर कम भएको भनेर बारम्बार समाचारहरु आइरहेका छन् । यही सिलिसिलामा हिजो त सम्माननीय प्रधानमन्त्रीले पनि सोही कुरालाई दोहोर्‍याउनुभयो । अझ उहाँले त नेपालीहरुको रोग प्रतिरोधी क्षमता अरु देशका मानिसहरुको भन्दा बढी हुने भनेर गलत जिकिर गर्नुभयो ।

कसरी नियन्त्रण गर्ने सीमापारिबाट आउने कोरोना ?

कोभिड–१९ ले करिब साठी लाख जति संक्रमित भइसकेका छन् भने तीन लाख ६९ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । महामारीको प्रकोप केही ढिला देखिएको भारतमा मात्र एक लाख ८० हजारभन्दा बढी संक्रमितहरुको संख्या पुगेको छ र करिब ५ हजार जनाले कोरोना भाइरसकै कारण ज्यान गुमाएका छन् । यो लेख तयार पार्दासम्म नेपालमा एक हजार ४ सयभन्दा बढी संक्रमित भइसकेका छन् र ७ जनाको ज्यान गइसकेको छ ।

बन्दाबन्दी खोल्नुअघि के गर्ने ?

कोभिड–१९ जस्ता रोगहरु मन्दिरमा बजाइने घण्टीको आकार (बेल सेप) जस्तो गरेर फैलन्छन् । एक जनाबाट सुरु हुने संक्रमण सुरुमा बिस्तारै र केही समयपछि ह्वात्तै माथि जान्छ । निकै माथि पुगेपछि केही समयका लागि प्रतिदिन लगभग एउटै संख्यामा रहिरहन्छ । संक्रमित हुनेको संख्या घटेसँगै ग्राफ पनि ओरालो झर्दै जान्छ । 

कति टाढा छ कोभिड-१९ को खोप ?

खाप पत्ता लगाउन र यसलाई मानिसमा प्रयोग गर्न अनुसन्धानका विभिन्न चरण पार गर्नुपर्छ । सबैभन्दा पहिला खोपको विकास प्रयोगशालामा गरिन्छ, त्यसपछि जनावरहरूमा परीक्षण गरिन्छ । यसरी गरिने अनुसन्धानबाट रोगविरुद्ध काम गर्न सक्ने सम्भावित एन्टिजिन पत्ता लगाइन्छ ।

लकडाउन कसरी खुकुलो पार्ने ?

कोभिड–१९ बारेका धेरै प्रश्न अझै अनुत्तरित छन् । यो रोगले यति ठूलो रूप लेला र मानव–जगत्ले यस्तो क्षति बेहोर्ला भनेर सायदै कसैले सोचेको थियो । विज्ञानले चमत्कार गरेको आधुनिक युगमा ३–४ महिनामै करिब दुई लाखले ज्यान गुमाइसके । हाम्रो आधुनिक चिकित्सा यो रोगका सामु निरीह देखिएको छ । यो सिंगो मानव जातिकै लागि गम्भीर चुनौती हो ।