लकडाउनका बेला कोभिड–१९ बाट बच्न ‘भौतिक दूरी कायम गर, मास्क लगाऊ र साबुनपानीले हात धोऊ’ भन्ने सन्देश विभिन्न सञ्चारमाध्यमबाट प्रसारित भयो । करिब दुई महिनाअघि भारत सरकारको सहयोगमा केही लाख भ्याक्सिन नेपाल भित्रिएपछि भने सन्देश फेरिएको छ । अहिले ‘कोभिड–१९ बाट बच्न भ्याक्सिन लगाऊँ’ भनिन्छ ।