धीरेन्द्र नाल्बो

धीरेन्द्र नाल्बोका लेखहरु :

महिला हिंसा र पुरुष

बाबु, छोरा त पाउनुपर्छ,’ सरकारी सेवाबाट अवकाशप्राप्त एक आफन्तले निर्लज्ज भई आत्मविश्वासका साथ ‘सल्लाह’ दिए । एक ‘शिक्षित’ मित्रले दुई छोरीलाई इंगित गर्दै भने, ‘त्यतिमै चित्त बुझाउने हो ?’ अर्का एक मित्रले त ख्यालठट्टामै ‘यार्सागुम्बा खाँदा छोरा हुन्छ’ भन्नसम्म भ्याए ।

महिला हिंसा र पुरुष

‘बाबु, छोरा त पाउनुपर्छ,’ सरकारी सेवाबाट अवकाशप्राप्त एक आफन्तले निर्लज्ज र आत्मविश्वासका साथ ‘सल्लाह’ दिए । एक ‘शिक्षित’ मित्रले दुई छोरीलाई इंगित गर्दै भने, ‘त्यतिमै चित्त बुझाउने हो ?’ अर्का एक मित्रले त ख्यालठट्टामै ‘यार्सागुम्बा खाँदा छोरा हुन्छ’ भन्नसम्म भ्याए ।

सामाजिक परिवर्तनमा राजनीतिक दलहरू

क्रान्तिसम्बन्धी विभिन्न लेख र अनुसन्धानमा भनिएको छ– माओवादीको दसवर्षे संघर्षले ‘सामाजिक क्रान्ति’ ल्याएन, राजनीतिक क्रान्तिचाहिँ ल्यायो । सामाजिक क्रान्ति तब मात्र भन्न मिल्छ, जब त्यस परिवर्तनले राज्य र समाजका सारा पुराना संरचना भत्काई नयाँ संरचना निर्माण गर्छ । राजनीतिक क्रान्तिले भने राजनीतिक व्यवस्थामा केही परिवर्तन ल्याउँछ तर सामाजिक संरचनामा खासै परिवर्तन ल्याउँदैन ।

कोभिड–१९ बाट ज्यान गुमाएकालाई किन सम्झने ? 

मानिस जन्मेदेखि मृत्युपर्यन्त विभिन्न संस्कृति र परम्परामा अनुबन्धित भएर जीवन निर्वाह गर्छन् । बाँचुन्जेल जति काम र उत्तरदायित्त्व निर्वाह गर्छन्, तीमध्ये धेरैजसो व्यक्ति आफ्नो सहज मृत्युको इच्छा गर्नुका साथै मृत्युपश्चात् ‘मेरो अन्तिम संस्कार यसरी गरिदिनू’, ‘मेरो नाममा यस्तो गरिदिनू’ भनेर आफ्नो इच्छा  र चाहना पनि व्यक्त गर्ने गर्छन् ।