दीपक बस्याल

दीपक बस्यालका लेखहरु :

गणित बिनाको समृद्धि ?

पाठ्यक्रम विकास केन्द्रले अब चाँडै विद्यालय शिक्षामा नयाँ पाठ्यक्रम लागू हुने बताउँदै उक्त पाठ्यक्रमको प्रारूप प्रकाशित गरेको छ । गतवर्ष यस प्रारूपको पहिलो मस्यौदा प्रकाशित भएपछि पक्ष र विपक्षमा बहस चल्दै आएको थियो । अहिले प्रकाशित उक्त प्रारूपमा गणित विषयलाई उपेक्षा गरिएको भन्दै नेपाल गणित समाज लगायत त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयका गणित र विज्ञान विषयका प्राध्यापक तथा विषय विज्ञहरूले कडा आपत्ति जनाएका छन् ।

गोलमटोल गणित सिकाइ

साहित्यकार बालकृष्ण समले कुनै बेला भनेका थिए, ‘दार्जिलिङमा आज जे सोचिन्छ, नेपालमा त्यो भोलि सोचिन्छ ।’ यो भनाइ खासमा नेपाल र दार्जिलिङले नेपाली साहित्यमा गरेको योगदानसँग सान्दर्भिक भएर आएको हो । 

रुन मन लागे पढ्नुस् गणित !

केही समयअघि मेरो फेसबुक फिडमा एउटा मिम देखापर्‍यो । एक प्रश्नकर्ताले ‘मलाई किताब पढेर निदाउन मनलागेको छ, कुन किताब पढ्ने होला ?’ भनेर सोधेको छ । उत्तर दिनेले फिजिकल केमेस्ट्रीको किताबको चित्र देखाउँदै ‘यो किताब पढेर दुई मिनेटभित्र निद्रा लागेन भने त्यसको ग्यारेन्टी मैले लिने भएँ’ भनेको छ । भलै यो एउटा ठट्टा हो, तर यसले आजको समग्र शिक्षा प्रणालीले ग्रहण गर्न मिल्ने अनेक सन्देश पनि बोकेको छ ।

गणित द्वार कि द्वारपाल ?

सापेक्षताको सिद्धान्तका प्रतिपादक आइन्स्टाइनले गणितका साध्यहरू प्रमाणित गरिदिएकामा धेरै गणितज्ञसँग आभारी व्यक्त गरेका थिए । जीव विज्ञानको विख्यात ‘क्रमविकासको सिद्धान्त’ का प्रणेता चाल्र्स डार्बिन गणितमा कमजोर वैज्ञानिकको सूचीमा गनिन्छन् ।