ददी सापकोटा

ददी सापकोटाका लेखहरु :

विश्वभरिका पर्यटक लोभ्याउन स्पेनमा नेपाली सांस्कृतिक कार्यक्रम

विश्वका विभिन्न देशबाट आउने विदेशीहरूलाई नेपालप्रति आकर्षण बढाउन स्पेनको बार्सिलोना सहरस्थित मुख्य पर्यटकीय केन्द्रमा नेपालीहरूले विविध सांस्कृतिक कार्यक्रम गरेका छन् ।

फ्रान्समा संसदीय संकट

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले विवादित पेन्सन सुधार विधेयक संसद्‌लाई बाइपास गरेर पास गरेपछि फ्रान्समा संसदीय संकट उत्पन्न भएको छ  ।

मजदुर आन्दोलनले पेरिसमा फोहोरको डंगुर, घरघरै मुसा आतंक

फ्रान्स सरकारको पेन्सन सुधार विधेयकविरुद्ध श्रमिक, मजदुरहरूले हडताल गरेका कारण पेरिस सहरभरि फोहोरको थुपो नै थुप्रो लागेको छ । सरकारको विधेयकविरुद्ध हडतालमा उत्रिएका कर्मचारीले ११ दिनदेखि फोहोर मैला नउठाइदिँदा पेरिस पुरै दुर्गन्धित बनेको छ र फोहोरका कारण घरघरै मुसा लाग्न थालेको गुनासो सर्वसाधारणले गरेका छन् ।

फ्रान्सेली सरकारद्वारा मतदानबिनै पेन्सन सुधार विधेयक पास

फ्रान्सको सरकारले संसद्‍मा मतदान नगरिकनै संवैधानिक विशेष शक्ति प्रयोग गर्दै विवादित पेन्सन सुधार विधेयक पास गरेको छ । प्रमुख विपक्षी रिपब्लिकन पार्टी (एलआर) का सांसदहरुले सरकारको उक्त विधेयकलाई समर्थन गर्दै आए पनि मजदुर युनियनहरूले विधेयक पास नगर्न चर्को दबाब र दलका नेतालाई भेटेरै आग्रह गरेका थिए ।

इरानी महिला अमिनीको मृत्युको विरोधमा युरोपभर प्रदर्शन

इरानमा प्रहरी हिरासतमा मृत्यु भएकी महिला महसा अमिनीको मृत्युको विरोधमा शनिबार युरोपभर प्रदर्शन गरिएको छ । शनिबार युरोपेली नागरिकहरू उक्त घटनाको विरोधमा युरोपभर सडकमा उत्रिएका हुन् । फ्रान्सको राजधानी पेरिस, तुलुज, लियों, मासेई, जर्मनीको फ्य्रांकफर्ट, कोलोन र बर्लिन, इटालीको रोम र मिलान, स्पेनको बार्सिलोनालगायत दर्जनौं सहरमा विरोध प्रदर्शन गरिएको छ ।

एयर फ्रान्स ट्राफिकद्वारा तीन दिने हडताल घोषणा

एयर फ्रान्स ट्राफिकद्वारा सेप्टेम्बरको अन्त्यमा तीन दिने हडताल घोषणा गरेकोले कम्तीमा दुई हजार उडान रद्द हुने भएको छ । फ्रान्स एयर ट्राफिकले तलब, भत्ता र अन्य सुविधासहित थप माग गर्दै सेप्टेम्बरको २८, २९ र ३० का दिन हडताल आह्वान गरेका हुन् । यो हडतालले युरोपभरिका दर्जनौं विमान कम्पनीका उडानसमेत प्रभावित हुनेछन् ।

राष्ट्रिय सभा निर्वाचनमा फ्रान्सेली राष्ट्रपतिलाई धक्का, ईयू नेतृत्वमा प्रभाव पर्ने

आइतबार भएको निर्वाचनमा फ्रान्सको तल्लो सदन राष्ट्रिय सभामा राष्ट्रपति इमानुएल म्याक्रोंले आफ्नो पूर्ण बहुमत गुमाएपछि सरकार सञ्चालनमा असहज हुने भएको छ ।

फ्रान्समा बढ्दै कोरोना संक्रमित

फ्रान्स सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि लगाएको प्रतिबन्धहरू सोमबारबाट हटाउने तयारी गरिरहेकै बेला संक्रमितको संख्या बढ्न थालेको छ । फ्रान्समा केहि हप्तायता कोरोनाका संक्रमितको संख्यामा कमी आउन थालेपछि सरकारले लगाएका प्रतिबन्धहरू सोमबारबाट हटाउने तयारी गरिरहेको थियो । तर‚ कोभिड संक्रमण पुनः बढ्दै गएको फ्रान्सको सार्वजनिक स्वास्थ्य निकायले जनाएको छ ।

युक्रेनका १३ नेपाली एक हप्ताको पैदलपछि फ्रान्समा

रामेछापका विष्णु पाण्डेका गोडाभरि ठेला छन् । अनुहार थकित छ । करिब एक हप्ताको हिँडाइले शरीर लखतरान छ । त्योभन्दा बढी रसिया र युक्रेनबीचको युद्धबाट भाग्दा सुनेका गोलीका आवाज कानमा गुन्जिरहन्छन् । आँखैअगाडि देखेको गोलाबारी र बारुदको धुवाँ सम्झिँदा अहिले पनि छिनछिनमा झस्किन्छन् उनी । 

युरोपको लोकतन्त्रमाथि चुनौती : म्याक्रोन

फ्रान्सेली राष्ट्रपति एमानुयल म्याक्रोनले युक्रेनविरुद्ध रुसको युद्धले फ्रान्स लगायत युरोपेली देशहरूलाई गम्भीर सन्देश दिएको बताएका छन् । राष्ट्रपति म्याक्रोनले राष्ट्रका नाममा बुधबार साँझ सम्बोधन गर्दै युक्रेनमाथि भएको रुसी आक्रमणले युरोपले धेरै सिक्न सक्ने बताउँदै त्यसले गहिरो सन्देश दिएको र यसको नतिजासमेत केहि समयपछि देखिन थाल्ने बताएका हुन् ।