इम्मानुएल म्याक्रों अति दक्षिणपन्थी भनेर चर्चा गरिने प्रतिद्वन्द्वी मारिन ल पेनलाई पराजित गर्दै दोस्रो पटक फ्रान्सको राष्ट्रपतिमा निर्वाचित भए । ५ वर्षे कार्यकालका लोकप्रिय कार्यक्रमका कारण मात्रै भने उनको जित सुनिश्चित भएको होइन । अति दक्षिणपन्थी राजनीतिक समूहको उभार रोक्नका लागि पनि फ्रान्सेली मतदाताले म्याक्रोंलाई विजयी बनाएका हुन् ।
लकडाउनका कारण घरमै थुनिन बाध्य भएको बेलायत र फ्रान्सवासीको जनजीवन सामान्य बन्दै गएको छ । बेलायतका मुख्य सडकका पसलहरु खुलेका छन् भने फ्रान्समा बार, रेस्टुराँ र पौडी पोखरी खुलेका छन् ।
फ्रान्सका मेयरहरू मे ११ देखि लकडाउन खुकुलो पार्ने सरकारी निर्णयको विरोधमा उत्रिएका छन् । पेरिसको प्रान्तीय क्षेत्र इल द फँसका तीन सयभन्दा बढी मेयरले सरकारी निर्णय बदर गरी लकडाउन अझ लम्ब्याउन माग गरेका छन् ।
फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले राष्ट्रका नाममा सम्बोधन गर्दै लकडाउनको समय ११ मे (वैशाख २९) सम्म बढाएका छन् । कोरोना भाइरसविरुद्ध मुलुकले लडिरहेको जनस्वास्थ्य युद्धमाथि विजय हासिल गर्न लकडाउन लम्ब्याउनु जरुरी भएको उनले बताए ।
चीनबाट सुरु भएको कोरोना संक्रमण यतिखेर युरोपकेन्द्रित बनेको छ । युरोपका फ्रान्स, जर्मनी, स्वीजरल्याण्ड, स्पेन, इटाली र पोर्चुगलसहितका मुलुकमा बसेका प्रतिनिधि नेपालीसँग कोरोना संक्रमणका उब्जिएको सन्त्रास र यथास्थितिका बारे फ्रान्सको पेरिसस्थित कान्तिपुर प्रतिनिधि ददी सापकोटाले गरेको कुराकानी आधारित समाचार सामग्री-
दक्षिण अमेरिकी देश चिलीको इकिकीस्थित एउटा व्यापारिक मल बन्द हुँदा करिब ८० जना नेपाली बेरोजगार बनेका छन् । दक्षिण अमेरिकाकै ठूलामध्ये एक जोफ्री मल कोरोना भाइरस (कोभिड- १९) संक्रमणको त्रासले बन्द हुँदा त्यहाँ कार्यरत नेपालीहरू मारमा परेका हुन् ।
बुधबारदेखि फ्रान्समा पारासिटामोल, मास्क र पञ्जाको बिक्रीवितरणमा सरकारले पूर्णरुपमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा बजारमा पारासिटामोल, मास्क र पञ्जाको अभाव बढ्दै गएपछि सरकारले यस्तो निर्णय गरेको हो । अब सिटामोल खरिद गर्न पनि चिकित्सकको सिफारिस चाहिने छ ।
दुई महिनाअघि पोर्चुगल पुगेका बागलुङका छत्र अधिकारी यतिखेर घर न घाटको भने झैं भएका छन् । खेतीको काम गर्दै आएका उनी अहिले कोरोना भाइरस(कोभिड-१९) को प्रकोप बढेसँगै समस्यामा परेका हुन् । ठण्डीयाममा त्यसै पनि पोर्चुगलमा खेतीको काम उति हुन्न । भएका कर्मचारी पनि कोभिड-१९ को प्रभावले गर्दा निकालिएपछि उनी जस्ता दर्जनौं नेपाली कामविहीन भएका छन् ।