छुदेन काविमो

छुदेन काविमोका लेखहरु :

युद्धले थुनेको ल्हासाको दैलो !

त्यो कालेबुङ अर्कै थियो ।यति खचाखच घरहरू थिएनन् । बाटा–घाटा फराकिला थिए । मान्छेको भीड छँदै थिएन । कागज छरिएजस्ता छरपस्ट देखिने भवनहरू ठडिएकै थिएनन् । कालेबुङको मेनरोडमा अग्लो बिल्डिङ बन्दा त कलकत्तामा खबर नै छापिन्थ्यो । सडकमा गाडीभन्दा धेर गोरु–गाडी हिँडरिहेका देखिन्थे । बन्दै गरेको सहर गाउँजतिकै शान्त थियो । तर, जब तिब्बतबाट खच्चडहरूको भीड सामान लिएर यहाँ आइपुग्थ्यो, कालेबुङको रौनक नै बदलिदिन्थ्यो । किनकि त्योबेला त कालेबुङ अन्तर्राष्ट्रिय व्यापारको केन्द्र नै थियो, जसले तिब्बतलाई भारत, नेपाल, बर्मालगायतका देशहरूसँग जोड्थ्यो । इङ्ल्यान्डदेखि अमेरिकासम्म पुग्ने सामानहरू यही बाटो भएर लगिन्थ्यो । ऊनदेखि सुनसम्मको व्यापार कालेबुङबाटै हुन्थ्यो । देशमा चाँदीको भाउ त कालेबुङले तोकिदिन्थ्यो ।

आखिर चियाको बुटामा 'सुन' फलेन

घनघोर हरियो जंगल घुम्दा नि आनन्द नमिले के गर्नुहुन्छ ? केही नगर्नुहोस् । निश्चिन्त भएर दार्जिलिङ आउनुहोस् । चियाबारी घुम्नुहोस् । ठूल्ठूला जंगलहरूमा नपाएका आनन्द यतै घुम्दा पाउनुहुनेछ । हरिया चियाका बुटाभित्रै कतै भेट्टाउनुहुनेछ आनन्द ।

जयपुरमा ‘नेपाली ब्लूज’ !

अचानक कोरोनाको कहर यसरी छादियो, जसले सबथोक ठप्प पारिदियो । घुम्नलाई पूरै बन्देज लगाइदियो । मान्छे घरभित्र थुनिँदै गए । हठात किताब किनेर पढ्नधरि नपाइने स्थिति बनिदियो । साहित्यिक उत्सवहरू अनलाइनतिर सीमित हुँदै गए । लगभग तनावमै दुई साल बिते ।अनि त बल्ल माहोल अलि ठीक हुँदै गयो । त्यही बनिएको माहोलबीच फातसुङ–को अंग्रेजी संस्करण आइदियो । त्यही अंग्रेजी अनुवादले मेरा निम्ति नयाँ बाटो खोलिदियो । र, नै म जयपुर लिटरेचर फेस्टिवल पुगेँ ।

दार्जीलिङको सानो रेल             

दार्जीलिङ सम्झिनासाथ तपाईंको आँखामा केको नक्सा आउँछ ?’ दार्जीलिङ कहिल्यै नगएकाहरूलाई सोध्नुहोस् । सम्भवतः उत्तर पाउनुहुनेछ— ‘चिया र सानो रेल ।’