जात व्यवस्थाको सोपानतन्त्रबाट पीँधमा पारिएको धोबी समुदाय अझै सहर–समाज–देशको शासन–केन्द्रमा रहेकाहरुका लागि श्रम खर्चिरहेको छ । धोबीहरुले धोएका लुगा लगाउनेका गाथा सहरमा धेरै सुनाइन्छ/सुनिन्छ । धोबीहरुकै इतिहास, योगदानका कथा भने विरलै सुनिन्छन् । शासक र समाजलाई सुकिला बनाइरहेका घोबीहरु इतिहासका पाठमा उति भेटिँदैनन्, तर धारा, ढुंगा, खोलाहरुमा उनीहरुको इतिहास जीवित छ ।