वसन्त गिरी

वसन्त गिरीका लेखहरु :

वायु प्रदूषण विपद्‍को जोखिम

विगत केही दिनदेखि लगातार काठमाडौं‌को वायु गुणस्तर अत्यन्तै अस्वस्थ स्तरमा पुगेको छ । हाम्रै आँखाले प्रष्ट देखिने गरी प्रदूषण बढेको छ । विभिन्न स्थानमा रहेका वायु गुणस्तर मापक यन्त्रले वायु गुणस्तर सुचकांक २०० भन्दा बढी पनि देखाइराखेका छन् ।

बेवारिसे विज्ञान

असोज एक गते विज्ञान दिवस मनाइन्छ । यसपालि नवौं दिवस हाे । यस्ता दिवसहरु आफैमा सकारात्मक भए पनि हामी योभन्दा अघि बढ्न सकेका छैनौं । नेपालमा विज्ञान बरालियो सही बाटो पक्रन सकेन । गफ हुन्छन् तर काम खोज्यो भने देखिँदैन । अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सूचक खासै उत्साही देखिँदैन । यो क्षेत्रमा हुने लगानी र जनशक्ति न्यून छ । पेटेन्ट र नयाँ व्यावसायिक वस्तु उत्पादन खासै देखिँदैन । नेपालमा पेटेन्ट दर्ता गर्ने प्रक्रिया यति झन्झटिलो छ कि यसले नवप्रवर्तकहरुलाई निरुत्साहित गर्दछ । देशभित्रै पेटेन्ट फाइल गर्न अवस्था यस्तो छ भने अन्तर्राष्ट्रिय पेटेन्ट फाइल गर्नको लागि पेटेन्ट को-अपरेसन सन्धिमा नेपालले हस्ताक्षर नै गरेको छैन । जर्नल आर्टिकल प्रकाशन भने द्रूत गतिमा बढेको देखिन्छ ।