काठमाडौं उपत्यकाको बौद्ध इतिहास शृंखलाबद्ध रहेको पाइनु यहाँको ऐतिहासिक विशेषता हो । लिच्छविकालमा प्रशस्त मात्रामा विहारको निर्माण भएको पाइन्छ र ती विहारको नाम संस्कृत भाषाबाट रहेको पाइन्छ । लिच्छविकालपछि मल्लकालमा पनि काठमाडौंमा बौद्ध धर्मको व्यापक मात्रामा विकास मात्रै भएन, बौद्ध केन्द्रकै रूपमा रह्यो ।