अर्थ ब्युरो

अर्थ ब्युरोका लेखहरु :

६ महिनामा प्रदेशहरूको खर्च ९ देखि २४ प्रतिशत मात्र

विकास बजेट खर्च गर्न नसक्दा बर्सेनि आलोचना खेप्दै आएका प्रदेश सरकारले यस वर्ष पनि खर्च गर्न सकेका छैनन् । फलस्वरूप संघीय सरकारको तुलनामा प्रदेश सरकारको अवस्था झन् खराब देखिएको छ । चालु आर्थिक वर्ष ०७९/८० को पहिलो ५ महिनामा संघीय सरकारले कुल बजेटमध्ये ३२.१२ प्रतिशत खर्च गरेको छ ।

‘पपुलिस्ट’ आर्थिक आश्वासन पुनर्मुद्रण

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रमुख राजनीतिक दलहरूले घोषणापत्र सार्वजनिक गरिसकेका छन् । पटक–पटक राज्यको नेतृत्व गरिसकेका कांग्रेस, एमाले र माओवादीले अधिकांश घोषणा पुनर्मुद्रण गरेका छन् । 

उज्जर तिहार

२०७३ कात्तिक १४, लक्ष्मी पूजा । निष्पट्ट औंसीको कालो रातलाई ‘अनन्त उज्जर’ ले चिरेको दिन । अर्थात्, नेपालमा चौबीसै घण्टा बिजुली बलेको दिन । दैनिक १८ घण्टासम्मको लोडसेडिङ हुने अवस्थाबाट नेपाल विद्युत् प्राधिकरणले त्यसपछि घरायसी उपभोक्तालाई निरन्तर बिजुली दिन थाल्यो । उज्यालोको उत्सव दीपावलीमा उपभोक्ताले चाहिएजति बत्ती बाले । अब भने नेपालका लागि बिजुली अप्राप्य र अलभ्य वस्तु रहेन । अहिले करिब ९३ प्रतिशत जनसंख्यामा विद्युत् सुविधा छ ।

नागरिक आकांक्षाको विनिमय

यही वैशाख ३० का लागि तय भएको स्थानीय तहको निर्वाचनका लागि प्रतिस्पर्धी दलहरुले आकर्षक भाषामा चुनावी घोषणापत्र सार्वजनिक गरिरहेका छन् । नागरिकका आवश्यकता र चाहनाको परिपूर्तिका लागि राजनीतिक नेतृत्वले कार्यान्वयनयोग्य वाचा–कबुलका रुपमा घोषणा गर्नुपर्नेमा पूरा नहुने कार्यक्रमसमेत राखिएका छन् ।