अखण्ड उपाध्याय

अखण्ड उपाध्यायका लेखहरु :

कोरोनाकालमा यार्चाकुम्भु संकलन

यार्चाकुम्भु हिमाली बासिन्दाको आयको मुख्य स्रोतका रूपमा स्थापित भैसकेको छ । पछिल्ला केही वर्षमा यार्चाकुम्भुको मूल्य अनपेक्षित रूपमा बढिरहेको छ ।  मूल्यवृद्धिसँगै यसैमा निर्भर हुनेहरू पनि बढिरहेका छन् । हरेक वर्ष जेठको पहिलो हप्ताभित्र विभिन्न जिल्लाका संकलनकर्ता यार्चाकुम्भु पाइने पाटनहरूमा पुगिसक्छन् । मध्यवर्ती क्षेत्रमा राष्ट्रिय निकुञ्जबाट संकलन पुर्जी लिनुपर्छ । अन्यत्र स्थानीय गाउँपालिकाले संकलन पुर्जी दिन्छ ।

डोल्पालीका चार नियति

१. यातायातअहिलेसम्म पनि राष्ट्रिय राजमार्गसँग नजोडिएका जिल्ला हुन्— डोल्पा र हुम्ला । हरेक चुनावताका नेताहरूले मोटरबाटो जोड्ने र हवाईजहाजको उडान संख्या बढाउने भन्दै भाषण गर्ने गरे पनि डोल्पालीको नियति बदलिन सकेको छैन ।