कर्णाली प्रदेश ब्युरो

कर्णाली प्रदेश ब्युरोका लेखहरु :

कर्णाली कहिलेसम्म भोकै ?

कालीकोटको पलाता गाउँपालिका–२ लार्फका ६१ वर्षीय मनरूप विश्वकर्मा चामलका लागि ३ घण्टाको ओरालो झरेर बिहीबार थिर्पु खाद्य डिपो पुगे । डिपोमा चामल सकिएकाले पाउन सकेनन् । सरकारले ढुवानी अनुदानमा दिने चामल नपाएपछि तिहार मनाउन उनले स्थानीय बाख्रे बजारबाट प्रतिकिलो ५६ रुपैयाँ तिरेर मोटो चामल खरिद गरे ।

कर्णालीमा डा. केसी : सरकार रोक्छ, जनता सेवा लिन लालायित

हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसी गाउँको स्वास्थ्य चौकीमा पुगेको थाहा पाएपछि साउन १४ गते डोल्पा, जगदुल्ला गाउँपालिका–६ रिमीकी भगवतीकुमारी मल्ल आफ्नो समस्या लिएर उनीसँग भेट्न गइन् । 

मकैबारीमा छपक्कै सलह

शनिबार बिहान करिब १० बजेतिर एक्कासि ठूलो संख्यामा आएको सलहको हूलले मकैबारी छपक्कै ढाक्यो । भेरीगंगा–१३ का सोमलाल खत्रीसहित किसानले थाली बजाए, होहल्ला गरे तर सलह भागेन ।

कर्णालीमा हवाइ सेवा सुचारु

कर्णालीका हिमाली जिल्लाहरु हुम्ला, डोल्पा र मुगुमा हवाइ सेवा सुचारु भएको छ । लामो समयदेखिको लकडाउनका कारण खाद्यान्‍न, दैनिक उपभोग्य र निर्माण सामग्रीको अभाव हुन थालेपछि हवाइ सेवा सुचारु गरिएको हो ।

संक्रमण बढ्दै, उपचार र व्यवस्थापन सुस्त

प्रदेश र स्थानीय सरकारको तयारी नपुग्दा कर्णालीमा कोरोना संक्रमण बढ्दै गएको छ । तर उपचार, परीक्षण र सतर्कता भरपर्दो नहुँदा संक्रमण समुदायस्तरमा फैलिने जोखिम बढिरहेको हो ।

कर्णालीका स्थानीय तहले बाँडे सवा १७ करोडको खाद्यान्न

लकडाउनयता कर्णाली प्रदेशका स्थानीय तहले करिब १७ करोड ३५ लाख रुपैयाँको खाद्यान्न वितरण गरेका छन् । लकडाउनको दोस्रो साताबाट सुरु भएको राहत वितरण अहिले पनि चलिरहेको छ ।

किन भइरहेछ जनप्रतिनिधिमाथि आक्रमण ?

सडक निर्माणका लागि डोजरसहित धौलागोहको लार्फ पुगेका कालीकोटको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बममाथि शनिबार दिउँसो आक्रमण भयो ।

विदेशबाट फर्किनेको परीक्षण गर्न कर्णालीमा आरडीटी किट

विदेशबाट फर्किएकामा कोरोना संक्रमणबारे परीक्षण गर्न कर्णालीका १० वटै जिल्लामा र्‍यापिड डायग्नोष्टिक टेस्ट (आरडीटी) किट पठाउन थालिएको छ। किट जिल्लामा पुगेसँगै परीक्षणका लागि स्वास्थ्यकर्मी गाउँगाउँमा खटिन थालेका छन्।

स्वाब संकलन गर्न सास्ती/लक्षण नदेखिएको भन्दै बिना परीक्षण फर्काइदै

रुकुम पश्चिमका चार क्वारेन्टाइनमा ३९ जनालाई राखिएको छ । उनीहरुको नमुना संकलनमा समस्या भएपछि २ जनाको मात्रै स्वाब परीक्षण गरिएको छ । दक्ष स्वास्थ्यकर्मी र उपकरण नहुँदा क्वारेन्टाइनमा बसेकाको स्वाब संकलन हुन नसकेको हो ।

कोभिड-१९ प्रभाव : संक्रमण भित्रिन नदिन हातेमालो

कोरोना भाइरसको सम्भावित जोखिमलाई लिएर यहाँका प्रदेश र स्थानीय सरकारले उच्च सतर्कता अपनाएका छन् । दुवै तहका सरकारले अभियानमा हातेमालो गर्दै सचेतना र स्वास्थ्य परीक्षण तीव्र बनाएका छन् । संक्रमित देशबाट आउने कर्णालीवासीलाई राख्न क्वारेन्टाइन निर्माण पनि धमाधम भइरहको छ ।