विश्व अहिले कोरोना भाइरस (कोभिड–१९) को महामारीको चपेटामा छ । ३ महिनादेखि चीनको वुहानबाट सुरु भएको महामारी आजसम्म विश्वका २०४ मुलुकमा फैलिसकेको छ । जुनबेला चीनको बुहान सहरमात्र कोरोना विरुद्धको लडाइँमा एक्लो लडिरहेको थियो त्यसबेलासम्म विश्व तमासे बनिरहेको थियो । आज यसले सबैलाई गाँजेपछि सबैको चेत खुलेको छ ।