टाढाबाट हेर्दा टुरिस्ट बसजस्तो लाग्ने एउटा बस अनकण्टार ठाउँमा गुडिरहेको छ । बस घरी नदी किनार त घरी जंगलको बाटामा हुइँकिइरहेको छ । बसले विभिन्न ‘मार्क’ र ‘माइलस्टोन’ पार गरिरहेको छ । तिनमा कुनै मन्दिर छन्, कुनै बूढो रूख छन्, कुनै चिहानघारी छन् त कुनै बन्द भएका अस्पतालका खण्डहर ।
यो समयको सबैभन्दा ठूलो प्रश्न के हो ? प्रश्न जति जटिल लाग्छ, यसको उत्तर त्यति सहज छ– ह्वाट्स अन योर माइन्ड ? (तपाईंको दिमागमा के छ ?) यो प्रश्न सोध्छ, फेसबुकले । संसारभर छरिएका विभिन्न देश, भाषा र संस्कृतिका आफ्ना करोडौं प्रयोगकर्तालाई फेसबुकले हरेक दिन, हरेक घण्टा, हरेक मिनेट यही एउटा प्रश्न सोधिरहेको छ । र, मानिसहरू आ–आफ्नो उत्तरको खोजीमा जुटिरहेजस्ता लाग्छन् ।
यो कथा अलि लामै हुनेवाला छ । यसमा केही आफ्ना स्मृति, केही सिनेमाका सम्झना र केही यताउताका कुरा मिसिएका छन् । यो लकडाउनका बेला तपाईंलाई लामो लेख पढ्ने फुर्सद होला भनेर यो ब्लगमा मैले धेरै कैंची नचलाएको बेहोरा अवगत गराउँछु । अरु बेला भएको भए म आफैं अक्षरहरुप्रति अलि बढी निर्मम हुने थिएँ ।
मैले पहिले पनि लेखेको छु, स्कुलबाट भागेर फिल्म हेर्न आउँदा प्रायः फिल्म सकिने बेलातिर मेरो डर बढ्न थाल्थ्यो । यस्तो लाग्थ्यो– यो फिल्म कहिल्यै नसिध्दियोस् । र, म यो स्वप्निल संसारमा पंख फिँजाइ उडिरहुँ ।
दस वर्षे सशस्त्र युद्ध, प्रलयकारी भूकम्प, छिमेकीको नाकाबन्दी र अहिले कोरोनाको महामारी । कुनै समाजको एउटा पुस्ताका लागि यीमध्ये कुनै एउटा पनि घटना सकसपूर्ण हुनसक्छन् ।
धेरै वर्षको प्रयासपछि लियोनार्डो डिक्याप्रियोले अन्तत: ओस्कर पाएको फिल्म ‘दी रेभेनान्ट’मा एउटा दृश्य छ । हिउँ नै हिउँको प्रदेशमा आफ्ना आक्रमणकारीसँग जोडिन आँखा चिम्लेर बेपत्ताले ऊ दौडिइरहेको छ ।
लकडाउनको दोस्रो दिन । नेपालमा आज कोरोना संक्रमितको संख्या तीन पुग्यो । उपचार भएकाको संख्या एक । कोरोना पुग्न बाँकी रहेको देश मध्ये मालीमा पनि आजै दुईजनामा देखियो ।