पछिल्लो समय मैले इन्टरनेटमा संसारमा मानिसको मृत्युको मुख्य कारण के रहेछ भनेर खोजी गरेँ । भौतिक हिंसा २६ औं नम्बरमा थियो । जबकी मानिसको मृत्युको पहिलो, दोस्रो र तेस्रो कारण त वातावरण र हाम्रो जीवनशैलीसँग सम्बन्धित विषयहरु पो रहेछन् । कार्बन उत्सर्जन र प्रदूषण मृत्युसँग जोडिएका बिषय रहेछन् ।