१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

चन्द्र घिमिरे

चन्द्र घिमिरेका लेखहरु :

यसरी चल्छ प्रदेश सरकार ?

नेपालमा अहिले संघीयता, खास गरी प्रदेश सरकार असफल भइसक्यो भन्ने भाष्य डढेलोसरि फैलँदो छ । दिलबाटै प्रदेश सरकार चाहिन्छ भन्ने मान्छेको खडेरी परिसक्यो । सन् २०१५ मा संघीयतामा गएको देशले सन् २०१७ देखि प्रदेश सरकार भोगेको पनि सात वर्ष भएछ । यो अभ्यास कस्तो भयो ? यति महँगो व्यवस्था अपनाए उपरान्त नेपालीले के पाए ? यस्ता प्रश्नहरूको ओइरो छ ।

संघीय निजामती कानुन कसका लागि ?

संविधान आएको आठ वर्षभन्दा बढी भएछ । यसबीच संघीय निजामती कानुनबिना देशको प्रशासन चल्न बाध्य छ । यसबीच यो देशले सात प्रधानमन्त्री पाएछ । प्रशासनको नेतृत्व गर्न पाँच मुख्य सचिव पाएछ । कुल मिलाएर एकतीस वटा मौलिक हकको प्रत्याभूति गर्ने भनिएको छ, संविधानमा । मौलिक हकको प्रचलनमा ढिलाइ नगरून् भन्नलाई संविधानमा किटानीसाथ लेखिएको थियो, संघीयता लागू गर्न आवश्यक पर्ने कानुनहरू तीन वर्षभित्र जारी गर्ने भनेर ।

प्रधानमन्त्रीको चीन भ्रमणमा व्यापार

नेपालले इतिहासमा गरेको व्यापारको एउटा मुख्य हिस्सा चीनसँग गाँसिएको थियो । खास गरी भोट व्यापार नेपालका लागि लाभदायक नहुँदो हो त काठमाडौं उपत्यकामा मध्यकालीन पुरातात्त्विक सम्पदा सायद विरासतमा मिल्ने थिएन ।

कम्रेडको जितपछि

भोट गन्ती सकिएकै थिएन गाउँलेसँगै रौसिएर त्यस दिन रकेटझैं उड्यो नजरमान बम्जनको खुसीर आकाशको चउरमा मडारियो नमडारियोस् पनि किन !ऊ पनि लाल मतदाता थियो खर्च भएथ्यो ऊ जस्ताको फगत एक भोट  !सट्टामाप्रिय कम्रेडलाई मेयर पाए दिनैभरि खाए, पिए, खादा लाएर ठानेदुनियाँलाई पाइतालामुनि अटाए ।

भारत जान लागेका प्रधानमन्त्रीलाई पत्र

प्रधानमन्त्रीज्यू, हर्षको कुरा हो, यहाँ भारत जाँदै हुनुहुन्छ । ज्यादै लामो र बहुआयामिक सम्बन्ध भएको भारतको भ्रमण सबै नेपालीका लागि खुसीको र नेपालका लागि महत्त्वपूर्ण अवसर हो । तर यसलाई ऐतिहासिक बनाउन कस्सिएर लाग्नुपर्छ । आखिर उपलब्धि के भो त भन्ने चासो यहाँ घर फिर्दा हरेक नेपालीका आँखामा पाउनुहुनेछ । 

थिति नबसेको नीति

सार्वजनिक नीति देशको कम्पास हो । कुन दिशातिर मुलुक जाँदै छ, नीति हेर्दा थाहा लाग्छ । नीति विकासको राजमार्गमा दौडिरहेको देशको गति पनि हो । कुदेको देशको गति नीतिले ठम्याउन सकिन्छ । नकुदेको देशको सकिन्न । विडम्बना, हामीकहाँ कोट्याएर हेर्‍यो भने देश नकुदेको बयान हाम्रै नीतिहरूले दिन्छन् । नीतिमा सधैं एउटै अठोट बग्रेल्ती भेटिन्छ । अर्थात्, सधैं फेल भएर एउटै कक्षा दोहोर्‍याउने ल्वाँगे विद्यार्थीजस्ता नीतिहरू छ्यापछ्याप्ती छन् ।

अर्थतन्त्रको युवाकरणका लागि स्टार्टअप

विश्वमा स्टार्टअप अर्थतन्त्रको आकार सुखद गतिमा फैलिँदो छ । स्टार्टअपसम्बन्धी विश्व प्रतिवेदन–२०२० अनुसार, यो क्षेत्रको आकारले ३ ट्रिलियन अमेरिकी डलर चुमेको छ । यो भनेको जी ७ मुलुकमध्ये कुनै एक अर्थतन्त्र बराबर हो । स्टार्टअपको चार्टमा उच्च प्रविधिको स्थान निकै उच्च छ । हरेक दसमध्ये सात कम्पनी उच्च प्रविधिमा आधारित छन् ।