भीम घिमिरे

संगीत : राही, कार्की र फ्वाँ बागा रे

भारतको एक रेलवे स्टेसनमा सधैं भेटिने दृष्टिविहीनले गाएको सुनेपछि राहीले एउटा नाटकमा प्रयोग गरेको गीत उत्तराखण्डमा कालजयी भएको छ  ।

सम्झनामा प्रथम सहिद भीमसेन दाहाल

गहिरिएर बगेको सेती नदिमाथि पोखराको बजार क्षेत्रमा चिप्लेढुंगा र रानीपौवालाई जोड्न पक्की पुल छ । पुलको वारि एकातिर पुस्तकालय र अर्कातिर आर्ट ग्यालरी छ । पुस्तकालयको भर्‍याङ छेउ एउटा सालिक छ । त्यो सालिक जनआन्दोलन–२ का प्रथम सहीद भीमसेन दाहालको हो ।

बतासको रिटमा कारण देखाउ आदेश

व्यवसायी वीपेन्द्रराज बतासले परमादेशको आदेश माग गर्दै दायर गरेको रिटमा पोखरा उच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । अदालतले बतासलाई पक्राउ गर्न खोज्नुको कारण १५ दिनभित्र पेस गर्न प्रहरीलाई आदेश दिएको हो ।

एउटा आँखो तँ हेरी...

 यो शीर्षक राष्ट्रकवि माधवप्रसाद घिमिरेको कविता ‘भँगेरा र भँगेरी’ बाट सापटी लिइएको हो  । कविताले भन्थ्यो ‘यौटा आँखो तँ हेरी, अर्को आँखो म हेरी, टाप्प टिप्प कनिका टिपिहालौं नटेरी  ।

भीम घिमिरेका लेखहरु :

गण्डकीमा कर्मचारी समायोजन : २९ उपसचिव दरबन्दीमा ४ मात्रै आए

गण्डकी प्रदेशमा प्रशासनतर्फ २६ उपसचिवको दरबन्दी छ तर ३ जना मात्रै आएका छन् । राजस्वतर्फ दुई उपसचिवको दरबन्दी भएर समायोजनको नाम आए पनि दुवै जना आएका छैनन् । प्राविधिक सेवातर्फ समायोजन भएकाको विवरण आएकै छैन । 

संगीतकर्मी थुलुङको निधन

पोखरेली संगीतकर्मी श्रीमान थुलुङको दुर्घटनामा निधन भएको छ । बुधवार बेलुकी करिब साढे ९ बजे पोखरा-१२ शितलादेवीमा भएको स्कुटर दुर्घटनामा उनको ज्यान गएको हो ।

शिक्षा, स्वास्थ्य र कृषि प्राथमिकतामै परेनन् : स्वास्थ्यमन्त्री यादव

शिक्षा, स्वास्थ्य र कृषि जुनसुकै सरकारको पनि बजेट प्राथमिकतामा नपरेका कारण जनताको अपेक्षाअनुरुपको सुधार हुन गाह्रो रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले बताएका छन् । संघीय प्रेस फोरमद्वारा शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले भने, 'देशको तीन करोड हाराहारी जनतालाई अहिले २१ हजार डाक्टर आवश्यक छ । हामीसँग १४ सय जनामात्रै छन् ।'

गण्डकी मेडिकल कलेज खुल्यो, कुरो अझै मिलेन

डेढ महिना लामो गतिरोधपछि गण्डकी मेडिकल कलेज शुक्रबारबाट सञ्चालनमा आएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलको रोहबरमा बिहीबार काठमाडौंमा भएको सर्वपक्षीय वार्तामा कलेजले बढी लिएको शुल्क एक महिनाभित्र विद्यार्थीलाई फिर्ता गर्ने सहमतिपछि कलेज खुलेको हो । यद्यपि विद्यार्थी र व्यवस्थापनबीचको मनमुटाव अझै हटेको छैन ।

नगर बसमा ‘यात्रा कार्ड’ तयारी

सम्झौताअनुसार बेलैमा काम भइदिए अबको २ महिनापछि पोखराका नगर बसमा नियमित यात्रा गर्नेले भाडामा नगद पैसा तिर्नुपर्ने छैन  । खुद्रा भएन वा भाडा बढी लिएको भन्दै बसका चालक/सहचालकसँग हुने विवाद हट्नेछ  ।