डा. हीराकाजी मानन्धर

शब्दजालले हुँदैन कृषि विकास 

पारम्परिक कृषि विकास विज्ञानको सिद्धान्त अनुसार कृषिका तीन खम्बा हुन्— कृषि शिक्षा, कृषि अनुसन्धान र कृषि प्रसार तथा सेवा । यो त्रिकोणमा निजी क्षेत्र थपिएर अहिले चौकोस बनेको छ । तर, अहिले कृषि विकास संरचना खराब अवस्थाबाट गुज्रिरहेको छ । 

नेपाल भाषाका विशिष्ट पक्ष

नेपाल भाषा नेवार समुदायको मातृभाषा हो । यो भाषाको उत्पत्ति भारतीय विद्वान सुनीतिकुमार चटर्जीका अनुसार १९०० वर्ष पहिले भएको मानिन्छ (प्रा. माणिकलाल श्रेष्ठ, मूल्याङ्कन, १ भदौ, २०७२) । प्रा. श्रेष्ठले आफ्नो लेखमा नेपाल भाषाको दमन र उपेक्षा कसरी र कहिलेदेखि भयो भन्नेबारे सविस्तार वर्णन गरेका छन् ।

सातामा २ दिन बिदा दिने कि ?

२०६२/६३ को जनआन्दोलनपछि स्थापना भएको लोकतान्त्रिक गणतन्त्रसँगसँगै सुरु भएको संक्रमणकालले सार्वजनिक बिदाहरू पनि क्रमश: बढ्दै गए । संविधानबमोजिम तीनै तहको चुनाव सम्पन्न भएर गठित केन्द्र सरकारले अपेक्षाअनुरूप सार्वजनिक बिदाको कटौती गर्‍यो ।

कृषि विश्वविद्यालयको सबलीकरण

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को रामपुर, चितवनस्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थान (आईएएएस) को बनिबनाउ भौतिक स्वरुप र संंरचनामा कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) स्थापना भएको आगामी असारमा ८ वर्ष पूरा हुन्छ । यो अवधिमा एएफयुको धेरै समय त्रिविसंग भूमि लगायत भौतिक संरचना सम्बन्धी किचलोमै बित्यो ।

संघीय संरचनामा कृषिको प्रारूप

अब छिट्टै कृषि विकास, पशुपन्छी विकास, भूमिसुधार तथा व्यवस्था र सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई गाभेर ‘कृषि, सहकारी तथा भूमि व्यवस्था मन्त्रालय’ गठन गरिँदैछ ।

डा. हीराकाजी मानन्धरका लेखहरु :

कृषिमा पुन:संरचना

हाम्रो मुलुकमा कृषि विकासका यी तीन प्रमुख पक्ष कृषि शिक्षा, अनुसन्धान र प्रसार तीनतिर फर्केका छन् । सरकारी विभागको हैसियतमा प्रसारको हैकम र सञ्जाल सबैभन्दा ठूलो छ । तथापि यसको उपस्थिति र सेवा पर्याप्त छैन । स्वायत्त अनुसन्धानका नाममा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) राजनीतिबाट प्रताडित छ ।

कृषि पुन:संरचनामा अबको बाटो

अबको संघीय नेपालमा कृषि क्षेत्रको पुन:संरचना गर्दा पूर्वगल्ती र कमी—कमजोरीहरूबाट पाठ सिक्नुपर्छ । अनुसन्धान, शिक्षा र प्रसार एउटै छानामुनि रहनुपर्छ ।