सञ्‍जीव उप्रेती

सञ्‍जीव उप्रेतीका लेखहरु :

देशप्रेमको नयाँ भाष्य

नेपाल दुई समाचारले तरंगित छ । पहिलो, दक्षिणी सीमाछेउका प्रदेशमा द्रुत गतिले बढ्दै गएको कोरोना संक्रमणको खबर । दोस्रो, पश्चिमी सीमाछेउमा भारतले अतिक्रमण गरेका कालापानी, लिपुलेक र लिम्पियाधुराको क्षेत्रलाई समेटेर नेपाल सरकारले जारी गरेको नयाँ चुच्चे नक्साको समाचार ।

पृथ्वीको ताप र भाइरसको ‘जम्प’

मानव तथा प्रकृतिबीचको अन्तरसम्बन्धलाई ध्वस्त पार्दै गए के हुन सक्छ भन्ने विषयलाई कोरोनाको विश्वव्यापी महामारीले छर्लंग पार्दै ल्याएको छ । यस विश्वमा असंख्य ‘इकोसिस्टम’ छन् । जंगलमा जनावर, चरा, वनस्पति, कीरा फट्यांग्रा, भाइरस, ब्याक्टेरियालगायतका अन्य जीवको एक किसिमको इकोसिस्टम चलिरहेको हुन्छ ।

जारको घाँटी

त्यो दिन मेरो जारको घाँटी घाममा टिलिक्क टल्किएको थियो । हुन त यो अलि पहिलेको कुरा हो । तर टौदह जाँदाजाँदै पुराना घटनाहरू झल्झली सम्झन थालें । झोलामा लुकाएको एघार इन्चे भोजपुरे खुकुरी सम्झें । जारको सर्लक्क परेको घाँटी सम्झें । अनि त्यस घाँटीलाई छिनाउने अठोट सम्झें ।

रानीबारीमा मानवतासित साक्षात्कार

पन्छी संरक्षण नेपालको छक्तीसौं वर्ष दिवसको कार्यत्रम निम्ति अर्चना थापा र म रानीबारी सामुदायिक वन पुग्यौं  । चरा अवलोकन र छलफलको कार्यक्रम थियो  । पन्छी संरक्षण नेपालको छक्तीसौं वर्ष दिवसको कार्यत्रम निम्ति अर्चना थापा र म रानीबारी सामुदायिक वन पुग्यौं ।

मानविकीको महत्त्व

काँकरभिटाको कला साहित्य उत्सव दौरान निक्कै घतलाग्दा छलफल चले । ‘लोकतन्त्र तथा आलोचनात्मक चेत’बारे हरि शर्माको प्रवचनबाट प्रारभ भएको महोत्सवमा समकालीन आख्यान, भूराजनीतिक चिन्तन, पर्यावरण, सांस्कृतिक राष्ट्रवाद, लोककला, मिडिया तथा जेन्डर लगायत विविध विषयमा चर्चा चले ।