२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

जनार्दन शर्मा

जनार्दन शर्माका लेखहरु :

चुनौतीका बीच वर्तमान आर्थिक अवस्था र अबको बाटो

कोभिड–१९ महामारीका कारण प्रभावित भएको नेपाली अर्थतन्त्र पुनरुत्थानको दिशातर्फ बढेको छ । आर्थिक क्रियाकलापको वृद्धिसँगै मुलुकभरका ९८ प्रतिशत उद्योग–व्यवसाय र कलकारखानाहरू पुन: सञ्चालनमा आइसकेका छन् । अर्थतन्त्रको पुनरुत्थानसँगै आर्थिक गतिविधिमा आएको तीव्रताले चालु आर्थिक वर्षको लक्षित वृद्धिसँगै रोजगारीका अवसरको पुनर्वृद्धिमा ठूलो सहयोग पुग्नेछ र अर्थतन्त्रको त्यस्तो विस्तारसँगै केही आर्थिक परिसूचकमा भने दबाब परेको छ ।

हिजोको नीति र योजनाले अहिले अर्थतन्त्र बिग्रियो

अर्थतन्त्र आफैंमा चुनौतीरहित कहिल्यै पनि हुँदैन । सर्वदा चुनौतीहरू भइरहेका हुन्छन् । त्यस्ता चुनौतीहरूलाई कसरी सामना गर्ने भन्ने प्रश्न नै मुख्य कुरा हो । यी चुनौतीहरू जे देखिएका छन् वर्तमानमा, आजै बनेका होइनन् । हिजोका अर्थनीति, योजना र कार्यान्वयनको परिणाम आज हामीले भोगिरहेको अवस्था हो ।

विकासका रणनीतिहरूमा सबै दलहरूबीच आधारभूत सहमति

अर्थतन्त्रमा रोगको पहिचान मुख्य कुरा हो । पहिचान एक अर्थमा भएको छ । पहिचानले हाम्रो राज्य संयन्त्र र संरचना सुदृढ र बलियो हुनुपर्ने आवश्यकता औंल्याएको छ । जब संयन्त्र र संरचना बलिया हुँदैनन् अनि उद्देश्यहरू पनि प्राप्ति हुँदैनन् । अहिले जति राम्रा योजना बनाए पनि त्यसको कार्यान्वयन फितलो छ । यहाँनिर काम गर्ने दृढ इच्छाशक्ति, कार्यान्वयन गर्ने संयन्त्र र त्यसप्रतिको प्रतिबद्धताको खाँचो देखापरेको छ । यसकारण नीतिगत कानुनी सुधारसहित संरचनागत सबलीकरणको आवश्यकता देखिन्छ । हामी संघीय प्रणालीमा भएकाले वित्तीय संघीयतालाई संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानको मर्म र उद्देश्यमा आधारित भएर योजना निर्माण र कार्यान्वयन गर्न सक्ने क्षमता वृद्धि गर्नुपर्ने अर्थतन्त्रको पहिलो उपचार हो ।