०७४ सालको निर्वाचले हामीलाई अद्भुत (अपूर्व) अवसर दिएको थियो । लामो राजनीतिक संक्रमणपछि हाम्रा निम्ति अनुकूलता अवस्था थियो । ५ वर्ष बित्यो । बीचमा कोभिड, रुस–युक्रेन युद्ध र यसले ल्याएका असरका जटिलताका बाबजुद त्यो पाँच वर्ष पूरा भएको छ । आहिले हामी फेरि निर्वाचन नजिक आइपुगेका छौं । यो पाँच वर्ष हाम्रो खेर गएको छ । यसको जिम्मा लिन पनि हामी कोही पनि तयार छैनौं ।
प्रदीप गिरीसँग मेरो गुरु–शिष्य सम्बन्ध हो । २०५३/५४ सालतिर म भर्खर विद्यार्थी राजनीतिमा जिम्मेवारी लिएर काम गर्न थालेको थिएँ । त्यतिखेर हामी कांग्रेसभित्र विलक्षण प्रतिभा भएका बौद्धिक नेता भनेर उहाँलाई चिन्थ्यौं । पार्टीभित्र र बाहिर उहाँको राम्रो छवि थियो । साप्ताहिक पत्रिकाहरूमा कहिलेकाहीं उहाँको अन्तर्वार्ता आउँथ्यो, लेखहरू प्रकाशित हुन्थे । म त्यो नछुटाई पढ्थें ।
मैले २०५७/०५८ देखि २०६०/६१ सालसम्म विद्यार्थी संगठनको केन्द्रीय जिम्मेवारीमा रहेर संयुक्त विद्यार्थी आन्दोलनको अभियन्ताका रूपमा काम गरेँ । उच्च माध्यमिक शिक्षामा होस् वा त्यो विद्यालय शिक्षामा नै किन नहोस्, शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण सुधार विद्यार्थीको आन्दोलनकै बलमा भएको हो ।
२०७६ सालमा हामी महाव्याधिको चक्रव्यूहमा पसिसकेका थिएनौं । त्यसभन्दा अगाडिको अवस्था पनि त्यति राम्रो थिएन । स्वास्थ्यमा हामी कोभिडको संक्रमणबाट हुने तथ्यांक हेर्छाैं । यो हेर्दैगर्दा गैरकोभिड क्षेत्रमा वर्षौं लगाएर आर्जन गरेका जुन उपलब्धि छन् (ह्युमनाइजेसन, पोषण, रि–प्रडक्टिभ हेल्थ, ननकम्युनिकेबल डिजिज) थुप्रै ठाउँमा वर्षौं पछाडि धकेलिएका छौं । शिक्षामा पनि घाटा छ, यसको हिसाबकिताब कसरी गर्ने हो मलाई थाहा छैन । वैदेशिक रोजगार, वैदेशिक व्यापारमा थुप्रै ठाउँमा हामी हेर्न सक्छौं ।