हिमेशरत्न वज्राचार्य

बबाल स्टोक्स

आधुनिक विश्व क्रिकेटका सबैभन्दा उम्दा खेलाडीमा पर्छन्, भारतीय कप्तान विराट कोहली । डर छ, कतै खेलजीवनबाट संन्यास लिँदासम्म सबै कीर्तिमान उनकै नाममा हुने त होइन ? तर एउटा तथ्य भन्नमा के डर छैन भने उनी जत्तिकै एउटै पुस्ताका खेलाडी हुन्, इंग्ल्यान्डका बेन स्टोक्स । अबको बहस हो, कोहली ठूलो कि स्टोक्स ? यसको उत्तर सजिलो छैन । उत्तर खोज्ने हो भने बढी विवादमाथि विवाद हुनसक्छ ।

दोषी डोपिङ

सन् २००६ अगस्ट ६ । त्यो दिन कोही नेपाली खेलपत्रकारले कसरी भुल्न सक्छ र ? श्रीलंकाको राजधानी कोलम्बोमा दसौं दक्षिण एसियाली खेलकुद चलिरहेको थियो । त्यहाँको मुख्य खेल आयोजनास्थल प्रेमदासा स्टेडियममा हलचल मच्चिएको थियो । कारण थियो, नेपाली लामो दूरीका धावक राजेन्द्र भण्डारीको सनसनीपूर्ण प्रदर्शन । स्टेपलचेजमा स्वर्ण जितेयता उनले यस्तै प्रदर्शन १० हजार मिटर दौडमा पनि दोहोर्‍याए ।

जसले चिनाए नेपाली फुटबल

सन् ८० को दशकसम्म नेपाली फुटबल टिमलाई देश बाहिर खेल्दा के कस्तो हुन्छ भन्ने पटक्कै थाहा थिएन । ‘कुवामा भ्यागुतो’ जस्तो अवस्थाको नेपाली फुटबललाई आधुनिकतातर्फ डोर्‍याउने श्रेय जान्छ, जर्मन प्रशिक्षक रुडी गुटनडर्फलाई । 

त्रिपिटक बुझाउने विश्वकोश

बौद्ध धर्मको गहन अध्ययनका लागि नेपालमा सामग्री अभाव रहेको पाइन्छ, त्यसमाथि नेपाली भाषामा छैनन् भन्दा पनि हुन्छ । त्यसैले पनि धेरैका लागि बौद्ध धर्मबारे राम्रोसँग बुझ्न कठिन हुने गरेको छ । अब भने केही सजिलो हुने भएको छ । यसै साताबाट २७ पुस्तकको संगालोका रूपमा बुद्धकालीन नेपाली विश्वकोश उपलब्ध भएको छ ।

ठमेलमा एनफिल्ड

त्यस्तो माहोल यसअघि कमैले अनुभव गरेका होलान् । यसले देखाउँछ हाम्रोतिर बढदै गएको क्लब फुटबल समर्थनको संस्कृति । पछिल्लो शनिबार युरोपेली च्याम्पियन्स लिगको फाइनल थियो, लिभरपुल र टोटेनहमबीच । लिभरपुलले त्यो खेल जितेर छैटौंपल्ट युरोपेली च्याम्पियन भयो, यो त नयाँ भएन ।

हिमेशरत्न वज्राचार्यका लेखहरु :

तेहरो उपलब्धिको त्यो सिजन

विश्वकै सर्वाधिक लोकप्रिय क्लब हो, म्यानचेस्टर युनाइटेड । भलै केही समययता म्यानचेस्टरको खेल राम्रो हुन सकेको छैन मैदानमा । त्यसले समर्थकको मायालाई पक्कै कम गर्ने छैन । एकपल्ट एउटा कुनै क्लब मन परेपछि समर्थकको व्यवहार त्यस्तै हुने गर्छ ।

नमन नविता

यस्तो हुनसक्छ र ? नविता श्रेष्ठकै भनाइमा यस्तो भएको थिएन  । गुवाहाटीमा सम्पन्न पछिल्लो दक्षिण एसियाली खेलकुद (साग) मा टेबलटेनिसको वुमेन्स डबल्सबाट एक कांस्य पदक आएको थियो  ।

साफ च्याम्पियनसिप: कहिले जित्ने मानसिक युद्ध ?

नेपाली फुटबललाई लिएर एउटा तथ्यले प्राय: हैरान हुने हुन्छ । यस्तै हैरानी ढाकामा पनि बेहोरियो । धेरै अगाडि एन्फा एकेडेमीको पहिलो समूहको उत्पादनलाई लिएर त्यो बेलाका प्रशिक्षक श्याम थापाले भनेका थिए, ‘नेपाली खेलाडी प्राविधिक रूपमा निकै उत्कृष्ट छन् ।

साफ च्याम्पियनसिप फुटबल: सेमिफाइनल जिङ्क्स

नेपाल फेरि एकपल्ट साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमै रोकिएको छ । नेपालले अहिलेसम्म दक्षिण एसियाली फुटबलको सर्वोच्च प्रतियोगितामा फाइनल पुग्न सकेको छैन । यस संस्करणको कथा पनि उही रह्यो ।

साफ च्याम्पियनसिप : इतिहास रच्न आतुर

प्रशिक्षक बालगोपाल महर्जनलाई विश्वास गर्ने हो भने बुधबार नेपाली फुटबलका लागि ऐतिहासिक साबित हुँदै छ । दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिपमा नेपाल अहिलेसम्म फाइनल पुग्न सकेको छैन ।