डेमोक्य्राटिक पार्टीका जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित भएका छन् । मतगणना जारी रहेको भए पनि मत अन्तरका कारण बाइडेनलाई अमेरिकी सञ्चारमाध्यमले विजयी घोषणा गरेका हुन् ।
आगामी शैक्षिक सत्रमा अनलाइनबाट मात्र कक्षा लिने अन्र्तराष्ट्रिय विद्यार्थीहरुलाई स्वदेश फर्काउने आफनो पूर्व योजनाबाट ट्रम्प प्रशासन पछि हटेको छ । कोरोना महामारी र त्यसको अमेरिकी रोजगार क्षेत्रलाई मध्यनजर गरेको भन्दै गत जुलाई ६ तारिखमा ट्रम्प प्रशासनले अनलाइन कक्षा लिने अन्र्तराष्ट्रिय विद्यार्थीहरुलाई निकाला गर्ने घोषणा गरेको थियो ।
कोभिडले अमेरिकामा रोकिएका २ सय ७५ नेपालीहरु मंगलबार बिहान स्वदेश प्रस्थान गरेका छन् । मार्च महिनाको मध्यदेखि कोभिड संक्रमणले अमेरिका आतंकित भएपछि विभिन्न प्रयोजनमा आएका नेपालीहरु अमेरिकाका विभिन्न सहरमा रोकिएका थिए ।
प्रहरीको ज्यादतीले गत साता मिनियापोलिसमा ४६ वर्षीय अश्वेत जर्ज फ्लोयडको मृत्युपछि अहिले अमेरिका तनावग्रस्त छ । अहिलेसम्म ५ जनाको मृत्यु भइसकेको छ । फ्लोयडको मृत्युलाई लिएर अमेरिकाभरि सुरु भएको विरोध प्रदर्शनले हिंसात्मक एवं लुटपाटमा परिणत भएपछि, तीन दर्जन बढी अमेरिकी सहरहरुमा सोमबार राति कर्फ्यु आदेश जारी गरिएको थियो ।
कोभिड–१९ महामारीका कारण समस्या भोगिरहेका न्यूयोर्कमा रहेका एक सय ७३ नेपाली विद्यार्थीहरुलाई न्यूयोर्कमा क्रियाशील नेपाली संघ संस्थाहरुको साझा सन्जाल ‘कोरोना विरुद्व सचेतना एवं सहयोग समुह’ले खाद्यान्न वितरण गरेर सहयोग गरेको छ । विद्यार्थी भिसा (एफ वान) रहेका दर्जनौं विद्यार्थीहरुलाई तीन चरणमा गरी एक महिना पुग्ने खाद्यान्न दिइएको छ ।
कामकाज एवं भ्रमणको सिलसिलामा आएकासहित अमेरिकामा फसेका पाँच सयभन्दा बढी नेपालीले तत्काल नेपाल फर्किने वातावरण मिलाइदिन वासिङ्टन डीसीस्थित नेपाली दूतावासमा निवेदन हालेका छन् । गैरआवासीय नेपाली संघ, अमेरिकाले नेपाल फर्किनेको सूची तयार गरेलगत्तै उनीहरूले दूतावास गुहारेका हुन् ।
कोरोना भाइरसविरुद्व अमेरिकी सरकारले ‘रेम्डिसिभियर’ नामक एन्टिभाइरल औषधिलाई शुक्रबार स्वीकृति प्रदान गरेको छ । जसलाई कोभिडविरुद्वको अमेरिकी अभियानमा महत्वपूर्ण पहल बताइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार आप्रवासनसम्बन्धी विषयमा नयाँ कार्यकारी आदेश जारी गरेका छन । सन १९५२ को ‘इमिग्रेसन एन्ड नेसनालिटी एक्ट’ को धारा २१२ दिएको अधिकार प्रयोग गर्दै ट्रम्पले ६० दिनका लागि सो आदेश जारी गरेका हुन् ।
चीनको वुहानमा डिसेम्बरको अन्तिम सातामा कोरोना भाइरसको पहिलो केस फेला पर्दा, अमेरिकामा शक्ति संघर्षले ‘क्लाइमेक्स’को रुप लिँदै थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाइएको थियो । विपक्षीहरु उनलाई पदैबाट हुत्याउने कसरत गर्दै थिए ।
झण्डै दशकयता न्यूयोर्क बस्दै आएका ४० वर्षिय छिरिङ लामा (नाम परिवर्तन) चैत तेस्रो साता आफ्नै कोठामा मृत भेटिए । प्रहरीले उनको शव जमैंका हस्पिटल सेन्टरमा लग्यो । परीक्षणपछि शवलाई ‘क्रोवीई’ नामको शव घरमा पुर्याइयो ।