रामचन्द्र पौडेल

रामचन्द्र पौडेलका लेखहरु :

हाम्रो विकासको उपयुक्त मोडल

केही ‘आधुनिक चिन्तनवादी’ मित्रहरूसँग कतिपय प्रसंगमा मेरो ‘वेभलेन्थ’ नमिलिरहेको अनुभव गरेको छु । उहाँहरू मेरा विकाससम्बन्धी अवधारणालाई पुरातन ठान्नुहुन्छ ।

विश्व सभ्यता : हिँड्दै छ, पाइला मेट्दै छ

आदिकालदेखि नै मानव समाज कसरी सुखी हुन्छ, कसरी उन्नति गर्छ र कसरी मर्यादित रहन्छ भनेर अनेक चिन्तन हुँदै आए । ठूलठूला चिन्तकहरूले मानवको हरेक पक्षलाई केलाउँदै र अर्थ्याउँदै आए । आ–आफ्नै ढंगबाट मानवका प्रवृत्ति र मानव समाजका गतिविधिका केस्राकेस्रा छुट्ट्याएर मूल्यांकन गर्ने कामहरू पनि भए ।

कांग्रेस नवजीवनका लागि प्रस्ताव

म नेपाली कांग्रेसको राजनीतिक आन्दोलनमा लागेको झन्डै छ दशक भयो । यहाँसम्म आउँदा कांग्रेसको विगत, वर्तमान र भविष्यबारे मेरा आफ्ना दृष्टिकोणहरू निर्माण भएका छन् । यी दृष्टिकोणहरू अनुभवका आधारमा छन्, संघर्षबाट निर्माण भएका छन् । कांग्रेस सत्तामा हुँदा वा प्रतिपक्षमा, देशमा पार्टीहरू प्रतिबन्धित हुँदा वा खुला रहँदा- सबै राजनीतिक प्रक्रियामा म लोकतान्त्रिक योद्धा भएर अग्रणी मोर्चामा छु । 

गाउँ बने बन्छ देश

सबैको अन्तिम शरण आफ्नै थलो । पशुपक्षी दिनभरि चारतिर भौँतारिए पनि साँझ आखिर आफ्नै बास फर्कन्छन् । दुनियाँभरि फिँजिन पुगेका नेपालीहरू पनि अहिले कोरोना महामारीका कारण आफ्नै देश फर्कंदै छन् । त्यसमा पनि सहरबजार हैन, आफ्नै गाउँ । आफ्नै थातथलो सुरक्षित ठान्दै, मुन्टो लुकाउने ठाउँ खोज्दै गाउँघरतिरै हान्निँदै छन् । आमाकै छातीमा मुन्टो घुसार्न पुग्ने बालकजस्तै ।

भविष्य सुनिश्चित गर्न कृषि क्रान्ति

अहिले हामीसामु दुइटा चुनौती खडा छन् । महामारी र भोलि आउने भोकमरी । कोभिड-१९ को सामना गर्न सारा स्वास्थ्यकर्मी अहोरात्र खटिरहेका छन् ।