बिन्दु अधिकारी ढकाल

बिन्दु अधिकारी ढकालका लेखहरु :

कोरोनाले ल्याएको अवसर

कोरोना महामारीले विश्वका ७ लाखभन्दा बढी मानिसको ज्यान लिइसकेको छ । विश्वका समृद्ध र शक्तिशाली मुलुकहरूलाई समेत कोरोनाले थला पारेको छ । कोरोना भाइरसविरुद्धको खोप अहिलेसम्म पत्ता लागेको छैन ।

घर–घरले जानौँ ट्राफिक नियम

विकासको पहिलो पूर्वाधार सडक निर्माणलाई मानिन्छ । अन्य अल्पविकसित तथा विकासशील मुलुकमा झैँ नेपालमा पनि सोही तीव्रताले सडक र पुल बने, बन्दैछन् । तर यिनै सडकमा हिँड्दा–हिँड्दै कसैको प्राण जान्छ । कतिपय दुर्घटना पैदलयात्रीकै कारण हुन्छ भने कतिपय घटना चालकको लापरबाहीले गर्दा ।

घरेलु कामको सम्मान

हामीकहाँ घरायसी श्रम (काम) लाई उचित मान्यता दिइएको छैन । घरायसी श्रमबाट नगद आम्दानी हात पर्दैन । तैपनि परिवारको जिम्मा आफ्नो काँधमा लिनेले ऐया नभनी आफ्ना दस–नङ्ग्रा खियाइरहेका हुन्छन् । अर्थोपार्जन नदेखिने भएकाले घरेलु कामलाई सम्मान नगर्ने प्रवृत्ति छ ।