सुरेशराज न्यौपाने

सुरेशराज न्यौपानेका लेखहरु :

भारत र चीनबीच मस्कोमा संवाद

पूर्वी लद्दाखको सीमा क्षेत्रलाई लिएर विगत तीन महिनादेखि तनाव कायमै रहेका बेला भारत र चीनका रक्षामन्त्रीहरूबीच भेटवार्ता भएको छ । जुन १५ को मध्यरातमा गलवान उत्पयकामा सीमाका विषयमा दुवै देशका सैनिकबीच झडपपछि भएको यो सबैभन्दा उच्चस्तरको संवाद हो ।

कश्मीरी फोटोपत्रकारहरुलाई पुलित्जर पुरस्कार

भारतका तीन जना फोटोपत्रकार विश्वकै प्रतिष्ठित पुलित्जर पुरस्कारबाट सम्मानित भएका छन् । भारत सरकारको गत वर्ष ५ अगस्टमा जम्मू–कश्मीरको विशेषाधिकारसँग सम्बन्धित संविधानको धारा ३७० खारेज गर्ने निर्णयपछि कश्मीर उपत्यकामा सिर्जित परिस्थितिमा आधारित उत्कृष्ट तस्बिरहरुका लागि उनीहरुलाई पुरस्कृत गरिएको हो ।

भारतमा कामदारलाई एकबाट अर्को राज्य आउजाउ खोलिँदै

भारतले लकडाउनका कारण अलपत्र कामदार, विद्यार्थी र पर्यटकलाई एकबाट अर्को राज्य जान खुला गरेको छ । दोस्रो चरणको लकडाउन सकिन केही दिन मात्र बाँकी रहँदा गृह मन्त्रालयले बुधबार यस्तो निर्देशन दिएको हो ।

भारतले लगायो  चिनियाँ लगानीमा अंकुश

भारतले वैदेशिक लगानीसम्बन्धी नीतिमा संशोधन गर्दै चिनियाँ लगानीमा अंकुश लगाएको छ । भारतको उक्त निर्णयप्रति चीनले विरोधसमेत जनाएको छ । भारतले गत शनिबार प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी नीतिमा महत्त्वपूर्ण संशोधन गरी सूचना जारी गरेको थियो । 

दिल्लीबाट धमाधम फर्किंदै नेपाली

भारतमा कोभिड–१९ संक्रमणको त्रास र नेपाल–भारत सीमा बन्द हुने हल्लाका बीच दिल्लीलगायतका ठाउँमा विभिन्न पेसा र मजदुरी गर्दै आएका नेपाली धमाधम फर्कन थालेका छन् । फर्कंदै गरेका नेपालीले आफूहरू भगौडा नभएकाले नेपाल प्रवेश गर्नबाट रोक्न नमिल्ने बताएका छन् ।

नाकामा छाप नलाग्दा दिल्लीमा रोकिए नेपाली

युक्रेनमा अध्ययनरत एक नेपाली विद्यार्थी एक महिनाअघि सडकमार्ग हुँदै दिल्ली आए । दिल्लीबाटै युक्रेन उड्ने योजनामा रहेका उनी विमानस्थलमै रोकिए । कामकाजी भिसामा युक्रेन जान लागेका नेपाली दम्पती पनि दिल्ली विमानस्थल आइपुगेका थिए । हवाई भाडा सस्तो भएकाले दिल्लीबाटै उड्ने तयारी गरेका उनीहरूलाई पनि उड्न दिइएन ।

इन्डो प्यासिफिक स्ट्राटेजी : अमेरिका र रूसबीच जुहारी

नेपालमा मिलेनियम च्यालेन्ज करर्पोरेसन कम्प्याक्ट (एमसीसी) परियोजना अमेरिकाको इन्डो प्यासिफिक स्ट्राटेजी (आईपीएस) अन्तर्गत हो वा होइन भन्ने विवाद चर्किरहेका बेला दुई पराम्परागत शक्तिराष्ट्र अमेरिका र रुसबीच यही विषयमा जुहारी चलेको छ ।