मदनकृष्ण श्रेष्ठ

तीजको सम्झना : ‘कल्चरल ग्याप’ अनि मेरो त्यो गल्ती...

अन्तरजातीय विवाह विरलै हुने समयमा श्रेष्ठ परिवारमा जन्मेर पनि सुवेदी परिवारको छोरीसँग अन्तरजातीय विवाह गर्नसक्ने मान्छे म । एक किसिमले समाजसँग नडराउने, अरुले के भन्लान भन्ने वास्ता नगरिकन समाजलाई पेल्नसक्ने मान्छे म । म आफूलाई हिम्मत भएकै व्यक्ति सम्झन्थें ।

गणतन्त्र गान

ठूलठूला आन्दोलनमा राजधानीका जमल, रत्नपार्क र प्रदर्शनीमार्ग निकै तात्ने गर्छन् । हामी संस्थापक सदस्य रहेको काठमाडौं मोडल हस्पिटल प्रदर्शनीमार्गतिरै भएकाले आन्दोलनका घाइतेहरू त्यहाँ आउँथे । २०६२–६३ को जनआन्दोलनमा घाइतेको ओइरो थियो । सरकारी स्वामित्वका अस्पताल जाँदा प्रहरीले समात्ला भन्ने डर भयो । त्यसैले आन्दोलनका बेला मोडल अस्पताल खचाखच हुने मात्र होइन, बिस्तारै त्यहाँका औषधिमुलो सकिन थाले । घाइतेसँग पैसा लिने कुरा पनि भएन, औषधिमुलो जुटाउने उपाय पनि भएन ।

पूर्णाड्ढ ३० !

आफूले आफैंंलाई मूल्याङ्कन गर्दा स्कुले जीवनमा म पढ्ने खालकै विद्यार्थीको पङ्क्तिमा पर्थेंजस्तो लाग्छ । तर, पढाइका लागि घरको वातावरण, घरदेखि स्कुलसम्मको दूरी, आर्थिक अवस्था, परिवारको व्यवहार र आफ्नो पढ्ने क्षमताले विशेष असर पार्छ ।

मदनकृष्ण श्रेष्ठका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।