संविधानले मातृभाषामा शिक्षालाई मौलिक हकको रूपमा स्थापित गरे पनि मातृभाषी समुदायहरू यो हकको उपयोग गर्ने कुरामा खासै उत्साहित हुन सकेका छैनन् । आधारभूत तहको शिक्षालाई गुणस्तरीय र समयसांपेक्ष बनाउन सुरूमा मातृभाषालाई माध्यमको रूपमा प्रयोग गर्नु पर्छ भन्ने अवधारणाप्रति मातृभाषी समुदाय ढुक्क हुन सकेका छैनन् ।