मेघराज सापकोटा

मेघराज सापकोटाका लेखहरु :

'के अब हामी यही मरुभूमिमा सडेर मर्नु पर्ने हो ?'

'मेरो आमाबा कति रुनु भा'छ सर, म नि रुँदै बसिरहेको छु । पासपोर्ट दिन्छ कि दिदैन ‘दले’ ले ?,' बुटवल मणिग्रामका ओमप्रकाश थारुले रुँदै भने । उनी दुबई आएको तीन महिनामा कोरोना महामारी सुरु भयो । कम्पनीले कामबाट निकालिदियो ।

यूएईमा रहेका नेपालीमा कोरोना र दुतावासको प्रभावकारिता

विश्व कोरोना भाईरस (कोभिड-१९) को महामारीमा छ । ३४ लाखभन्दा बढी मानिसहरु यसको संक्रमणमा परेका छन् । झण्डै २ लाख ४० हजारजनाको मृत्यु भएको छ । 

आफ्ना नागरिक नफर्काउने देशसँग श्रम सम्झौता रद्द गर्ने यूएईको निर्णयको असर कति?

मध्यपूर्व खाडीका ६ राष्ट्रसहित लेबनान, इजिप्ट, इजरायल, इराक र जोर्डन गरेर यो क्षेत्रका ११ राष्ट्रमा २९ हजारभन्दा बढी कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित भएका छन्।

अन्योलमा खाडीका नेपाली कामदार

संयुक्त अरब इमिरेट्स (यूएई)स्थित अल ऐनमा कार्यरत झापाका गुरू बरालले नेपाल जाने आफ्‍नो योजना केही महिनाका लागि स्थगित गरेका छन् । उनले मार्च १३ मा नेपाल जाने टिकट लिएका थिए ।