विना थापा

पोखरामा नवदुर्गा महोत्सवको शोभायात्रा [तस्बिरहरु]

पोखरामा घटस्थापनाको अवसरमा नवदुर्गा महोत्सव आयोजना गरिएको छ । महोत्सव उद्घाटनअघि विभिन्न झाँकीसहित शोभा यात्रा निकालिएको छ । शोभा यात्रामा हातमा डमरु, कमलको फूल, त्रिशूल लिएर नवकन्या आरुढ नौ रथ लगायतका विभिन्न झाँकीसहित जनप्रतिनिधि, आमा समूह, नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी, नेपाल स्काउट सहभागिता थियो ।

डेंगु प्रकोप : ३ महिनामा ५ सय ५३ बिरामी

महामारीका रूपमा फैलिएको डेंगु नियन्त्रणका लागि आफैं सचेत हुनुपर्ने शुक्रबार पोखरामा आयोजित कार्यक्रमका सहभागीले जोड दिएका छन् । सबै घरमा सरोकारवाला पुग्न असम्भव भन्दै उनीहरूले व्यक्ति स्वयं सचेत हुनुपर्ने बताएका हुन् ।

श्रममा बिचौलिया

पोखराको राष्ट्र बैंक चोकमा पुग्नसाथ ३ जना आएर हाम्रोमा फाराम भर्नुपर्‍यो भनेपछि स्याङ्जादेखि आएका रनबहादुर गुरुङ अन्योलमा परे । कसको कुरा मान्नु, सबैले मिलाइदिन्छु भनेका छन् । उनी दोधारमै हिँडेर सहिदचोक पुगे ।

भक्कानिए कारागारका महिला

‘कारागारभित्रको दुःख कसलाई थाहा हुन्छ र सृजना शर्मालगायत सहभागीसमेत भक्कानिएका थिए । दरखाने सामग्री वितरण कार्यक्रममा मानन्धरले मन्तव्य राख्ने बेला यस्तो सन्नाटा छाएको हो । नारी जागरण अभियान गण्डकी प्रदेशको आयोजनामा कारागारकी चौकिदार शान्ति अधिकारीलाई उपसभामुख शर्मा, प्रदेश सांसदद्वय गायत्री गुरुङ, कृष्ण थापालगायतले दर खाने सामग्री हस्तान्तरण गरे । 

विना थापाका लेखहरु :

जात नलुकाए पाइँदैन डेरा

पोखरा–२३ ठूलाखेतकी जुना परियार छोराछोरी पढाउन बजार झरिन् । कोठा खोज्दा पाइनन् । कारण थियो ‘परियार’ थर । जता गएर कोठा सोध्दा पनि जात के हो भन्ने प्रश्न तेर्सिन्थ्यो । कोठा नपाएपछि उनले बाध्य भएर आफू पौडेल भएको बताइन् । त्यसपछि कोठा मिल्यो । 

डेंगुबाट चितवनमा एकको मृत्यु

डेंगुले चितवनमा एक जनाको मृत्यु भएको छ भने पोखरा र चितवनमा संक्रमितको संख्या बढिरहेको छ । स्याङ्जामापनि एक व्यक्तिमा डेंगु फेला परेको छ । भरतपुरस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत ७१ वर्षीय पुरुषको डेंगुले मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

पोखरामा डेंगुका २८० बिरामी

पर्यटकीय सहर पोखरामा एकपटक संक्रमण दर घटेको डेंगुका बिरामी फेरि बढ्न थालेका छन् । आइतबार मात्रै ३८ नयाँ बिरामी थपिएपछि महानगरमा डेंगुको उपचार गराइरहेकाहरूको संख्या २ सय ८० पुगेको प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

प्यानको फारम भर्नै रकम

वडाको सिफारिस लिई आन्तरिक राजस्व कार्यालय पोखरा पुगेकी लक्ष्मी रानामगर अलमलिएर उभिइरहिन् । पोखरा–२६ देखि पसलका लागि स्थायी लेखा नम्बर (प्यान) लिन पुगेकी उनी कार्यालयमा पहिलोपटक आएकी हुन् ।

बालुवा चाल्ने हातमा मेसिन

‘बिहान उठ्नेबित्तिकै बालुवा चाल्न खोलामा पुग्न पर्थ्यो । दिनभरि बालुवा चाल्दा पनि छाक टार्न समस्यै हुन्थ्यो,’ पोखरा–१९ गोस्तेकी हेममाया तामाङ भन्छिन् । यतिबेला भने उनले बालुवा होइन, तान बुन्न थालेकी छन् । यसले उनी निकै खुसी छिन् ।